


काठमाडौं : सार्वजनिक निष्काशनका लागि सागर डिष्टिलरी लिमिटेडले सोमबारदेखि सर्वसाधारणलाई आईपीओ खुला गरेको छ।
कम्पनीले जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर बिक्री गर्ने अनुमति पाएको हो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषलाई भागबण्डा गरिसकेकाले अब ११ लाख ९० हजार ६४० कित्ता सर्वसाधारणका लागि उपलब्ध हुनेछ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।
आवेदन भदौ ३० गतेदेखि असोज २ गतेसम्म दिन सकिनेछ भने सो अवधिभित्र माग पुगेन भने असोज १३ गतेसम्म अवधि लम्बिनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘सिंगल बी प्लस’ रेटिङ्ग दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ। आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |