काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बन्ने मन्त्रिपरिषद् ११ जना भन्दा बढी नहुने स्पष्ट पारेकी छन् ।
विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले अब नियुक्त हुने मन्त्रीहरू कुनै पनि राजनीतिक दल वा त्यससम्बद्ध नहुने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले पहिले नै तीन जना मन्त्री नियुक्त भइसकेको स्मरण गराउँदै बाँकी पदमा समावेशिता झल्किने गरी व्यक्तिहरू चयन गरिने बताइन् । राजनीतिक रूपमा आबद्ध व्यक्तिहरूलाई मन्त्री बनाउँदा चुनावी कार्यमा बाधा पुग्ने भएकाले अब नियुक्त हुने मन्त्रीहरू निर्वाचन नलड्ने व्यक्ति हुने उनको भनाइ छ ।
यस्तै, प्रधानमन्त्री कार्कीले भ्रष्टाचार छानबिनका लागि स्वतन्त्र आयोग गठन गरिने जानकारी पनि दिनुभयो। आन्दोलनले उठाएको प्रमुख मुद्धा भ्रष्टाचार नियन्त्रण भएकाले यस्तो आयोग आवश्यक रहेको उनको तर्क छ। प्रधानमन्त्री कार्कीले हाल विघटित संसद् पुनःस्थापना हुने कुनै सम्भावना नरहेको समेत स्पष्ट पारिन ।