काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न करिब ५ अर्ब रुपैयाँ खर्च लाग्ने देखिएको छ ।
निर्वाचन सम्पन्न गर्न आर्थिक हिसाबले राज्यलाई ठूलो अप्ठ्यारो नपर्ने निर्वाचन आयोग स्रोतले जनाएको छ । २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा दुबै निर्वाचन गर्न ५ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको थियो। तर, यस पटक प्रतिनिधि सभा मात्रै हुने भएकाले न्यूनतम ५ अर्बमै निर्वाचन सक्न सकिने अनुमान गरिएको छ ।
अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि चार वटा मतपेटिका चाहिन्थ्यो, यसपटक दुईवटामात्रै पर्याप्त हुनेछ । मतपत्र पनि आधा मात्र छाप्नुपर्ने भएकाले करिब १५–२० करोड रुपैयाँ जोगिनेछ। यसरी, प्रतिनिधि सभा मात्रै भएकाले कुल खर्च केही घट्ने अनुमान गरिएको हो।