काठमाडौं : विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् विघटनबारे पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् ।
सञ्चारकर्मीले संसद् विघटनको घटनालाई कसरी लिनुभएको छ भनी सोधिएको प्रश्नमा, पूर्वसभामुख घिमिरेले विघटन नगरी समाधान खोजिएको भए राम्रो हुने बताएका हुन् । विघटन हुनु भन्दा अघि अन्य उपाय खोजिएको भए सम्भवतः सहमतिको बाटोमा जान सकिन्थ्यो। जेन जेड आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गर्न आज घटनास्थल पुगेका घिमिरेले अन्तरिम सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै, समस्याको समाधान गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
पूर्वसभामुख घिमिरेले विधानका तीनवटै अंग – व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका माथि आक्रमण भएको भन्दै देश गम्भीर मोडमा पुगेको बताए । उनले देश उठाउने जिम्मा अब आम नागरिक, सबै क्षेत्र र नेतृत्व तहले साझा रूपमा लिनुपर्ने आवश्यकतामा जोड दिए ।