काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ अनुहारलाई सरकारमा भित्र्याएका छन्। नयाँ नियुक्तीसँगै उनको मन्त्रिमण्डल आठ सदस्यीय बनेको हो।
राष्ट्रपति निवास शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथग्रहण गराए। मन्त्री बनेकामा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार छन्।
सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन्। पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, खरेललाई सञ्चार तथा सूचना तथा परियारलाई कृषि मन्त्रालय दिइएको छ।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम मन्त्रीका लागि सिफारिस भए पनि अन्तिम घडीमा उनको नाम रोकिएको स्रोतले जनाएको छ।