काठमाडौं : सरकारले तीनजना सचिवको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले गरेको निर्णयअनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ ।
उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ भने आयोगका सचिव सुमनराज अर्याललाई रक्षासचिव बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार मुख्यसचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गरेका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोगको निर्देशन दिएको आरोप दुवाडीमाथि लागेको थियो ।