काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेकी छिन्।
प्राविधिक समस्या नभए बिहीवार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उनी जेनजी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि भदौँ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकेको छ।
उनले समसामयिक विषयमा सम्बोधन गर्ने जनाइएको छ।