काठमाडौं : अन्तरिम सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्ने योजना छैन भनेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ट पारेका छन् ।
केही नेताहरूको पासपोर्ट रोक्का गर्न लागिएको भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफूहरू देश छाडेर भाग्ने हैसियतमा नरहेको बताएका हुन् ।
सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई मात्रै देशको सही नेतृत्व गर्ने क्षमता रहेको दाबी गरे ।
पार्टीका नेता–कार्यकर्तालाई आत्मबल कमजोर नपार्न, हिम्मतका साथ देश निर्माणमा जुट्न आह्वानसमेत गरे ।
जेन-जी आन्दोलनका घटनाबारे बोल्दै उहाँले गोली चलाउन आफूले कुनै आदेश नदिएको ओलीको दाबी छ ।
सुशीला कार्की नेतृत्वको सरकार संविधानको मूल मर्म विपरीत बनेको भन्दै अध्यक्ष ओलीले उक्त सरकार तोडफोड र आगजनीबाट बनेको टिप्पणी गरे ।
आन्दोलनसम्बन्धी सत्य तथ्य बाहिर आउन आयोगको प्रतिवेदन कुर्नु आवश्यक रहेको अध्यक्ष ओलीले बताए ।