काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालयको आकस्मिक बैठक बोलाएका छन् ।
बैठक ओलीको भक्तपुर, गुन्डुस्थित निजी निवासमा बस्ने तय भएको छ।
जेन-जी आन्दोलनपछिको राजनीतिक उथलपुथल र त्यसले पार्टी संगठनमा पारेको प्रभावबारे बैठकमा गहन छलफल हुने बताइएको छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकले पार्टीको भूमिका पुनरावलोकन, संगठन सुदृढीकरण, र आगामी कार्यक्रमहरू तय गर्ने अपेक्षा गरिएको छ।
बैठकबाट पार्टीको नयाँ रणनीति र कार्यदिशासम्बन्धी ठोस निर्णयहरू आउने सम्भावना रहेको जनाइएको छ।