

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसले बिहीबार उक्त भेटको औपचारिक पुष्टि गरेको हो।
दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन ९एपेक० सम्मेलनमा सहभागी हुन ट्रम्प सियोल जाँदैछन्। सम्मेलन सुरु हुनुअघि उनी र सीबीच छुट्टै द्विपक्षीय वार्ता तय गरिएको ह्वाइट हाउसले जनाएको छ।
यसअघि दुवै नेताबीच भेटको सम्भावना रहेको बताइए पनि हालका दिनमा अमेरिका–चीनबीच बढ्दो राजनीतिक र व्यापारिक तनावका कारण अनिश्चितता उत्पन्न भएको थियो। ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति पद सम्हालेपछि हुने यो पहिलो उच्चस्तरीय भेटवार्ता हुनेछ।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, ट्रम्प र सीबीचको वार्तामा व्यापार सन्तुलन, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
