

केशवप्रसाद चौलागाईं
“ॐमहालक्ष्म्यै च विद्महे सर्वशक्त्यै च धीमहि तन्नो देवी प्रचोदयात।”
प्रसिद्ध महालक्ष्मी भगवतीको अबस्थिति रहेको मन्दिरको नाउँ बाट नामाकरण भएको महालक्ष्मी नगरपालिका सम्पदाहरुको परिचय सहित समृद्धिमा पुग्ने अबस्थामा रहेको छ।सौम्यशक्तिको उचित प्रयोग ,धार्मिक पर्यटन,सभ्यता सम्वाद तथा सांस्कृतिक कुटनीतिको अनुपम क्षेत्र बन्ने तरखरमा रहेको छ।भुराजनीतिक शक्ति सन्तुलनमा समेत महत्त्वपूर्ण योगदान दिन सक्ने यहाका सम्पदा र ज्ञान हरुको उचित अभ्यासका कारण खुला बिश्वबिद्धालयका रुपमा प्रसिद्धि पाउने अबस्थामा पाइन्छ ।
अष्टमात्रिका सहितको महालक्ष्मी मन्दिर सिद्ध क्षेत्र का साथै दैवी अनुभुतीको स्रोत रहेको सिद्ध साधकहरुको अनुभव रहेको छ।” लूभूमहालक्ष्मी: इतिहास र साधना” लेखका आधारमा साधक तथा भक्त हरुले लक्ष्मी साधना गर्दै दैवी अनुभुती र भौतिक समृद्धि प्राप्त गर्न सकेका छन।” ऋषि पर्यटन र रामायण ” लेखका आधारमा ऋषि शृङ्गीको महत्त्व सहित रामायणको चर्चाले सौम्यशक्तिका रुपमा भारत लगायत सम्पुर्ण विश्वमा सम्मान पाउने स्थिति बनेको छ।” चीनमा एशियाली सभ्यता सम्वाद” लेखलाइ अनुसरण गर्दै अनुसन्धानकर्ताहरु महालक्ष्मी नगरपालिका स्थित प्राचीन सम्पदा,शिलालेखहरुको अध्यन गर्दै सभ्यता सम्वादको आकर्षक केन्द्रका रुपमा स्विकार्दछन।” सांस्कृतिक कुटनीतिका लागि महत्त्वपूर्ण मानिएको पैनाचल हनुलिङ्गेश्वर मन्दिर प्राङ्गणमा रहेको हनुमान मन्दिरलाई महत्त्व दिदै लेखिएको ” हनुमान जयन्ती र सांस्कृतिक कुटनीति” बिषयक लेख भारतीय समाजमा समेत चर्चाको बिषय बनिरहेको छ।महालक्ष्मी सम्पदा र इतिहास झल्कने डकुमेन्ट्री मार्फत मुम्बई स्थित महालक्ष्मी मन्दिर संग तुलना गर्दै भारतीय पर्यटकहरुलाइ आकर्षित गर्न मद्दत पुगिरहेको छ।प्राचीन इबिदह( बोझे पोखरि) स्थित देवी देवताहरुको परिचय गराउने गोरखापत्रमा प्रकाशित लेख ” पौराणिक इविदह” ले स्थानीय स्कुल तथा कलेजका बिद्यार्थी हरुले अध्यन गर्ने सम्पदास्थल बन्न पुगेको छ।
बोझे पोखरि क्षेत्रमा भाद्र शुक्ल चतुर्थीका भगवान गणेशको जन्मदिनका अबसरमा मनाउन थालिएको ” स्वराज्य पूजन तथा यात्रा” ले अस्पर्शनीय सम्पदाको रुपमा मान्यता पाउनुका साथै भारतमा पनि मान्यता पाउने सौम्य शक्ति को रुपमा प्रभावकारी बन्दैछ ।मन्दिरको प्राङ्गणमा रहेको मुचुकुन्द नाग बारे लेखिएको ” इबिदह र नागदेवता” बिषयक लेखले काठमाडौं उपत्यकाका मा रहेका 12 नाग तिर्थको परिचय समेत नागतिर्थका रुपमा मान्यता पाउने अबस्था बनेको छ।” गौरामहेश्वर सिद्धि” बिषयक लेखले मन्दिर प्राङ्गणमा निर्माण गरिएको गौरामहेश्वर मन्दिरको जानकारी का साथै हिमवतखण्ड र मानसखण्डलाइ एकीकृत गर्दै सभ्यताको परिचय गराउन मद्दत पुगेको छ।सत्यदेवी र सिद्ध साधना” बिषयक लेखका आधारमा मन्दिर प्राङ्गणमा गरिएको सिद्ध चण्डी साधना ले सिद्ध साधकहरुलाइ आकर्षण गर्नुका साथै सिद्ध परम्पराले निरन्तरता पाउनेछ ।” नेपाल महात्म्यमा उल्लेख भएको पवित्र तिर्थको परिचय गराउन मद्दत पुग्ने ” पैनाचल हनुलिङ्गेश्वर तिर्थ” लेखले नेपाल भारत सांस्कृतिक कुटनीतमा प्रभावकारी भूमिका निभाउन सक्नेछ ।हनुमानले हनुमान नाउँ प्राप्त गरेको एतिहासिक स्थलका रुपमा विश्वभरिका हनुमान भक्तहरुले पुज्ने वातावरण बनेको छ।त्रीदेवीका रुपमा रहेको बाक्ला गाउँ स्थित महाकाली ,बिष्टटोल स्थित महालक्ष्मी र मगरगाउ स्तित महासरस्वति को परिचय र महत्त्व खुल्ने” त्रीदेवी र शाक्तीपीठ” लेखले नयाँ शक्ति पीठका रुपमा सम्मानित गराउदै छ।
एवं प्रकार महालक्ष्मी नगरपालिका स्थित स्पर्शनीय तथा अस्पर्शनीय सम्पदाहरुको उचित संरक्षण र प्रचारप्रसार ले शान्ति ,सुशासन र समृद्धि मा उल्लेखनीय योगदान पुर्याउनेछ ।स्वराज्य पूजन तथा यात्रा संगै आयोजना गरिने निम्न कार्यक्रम ले समुदाय र स्थानीय सरकारलाई जोड्ने कार्य गर्दछ।जेनजी पुस्ताले उठाएको शासकीय तथा सुशासनको मुद्दा लाइ सम्बोधन गर्दै राष्ट्रिय मेलमिलापको वातावरण बनाउने छ।
१. स्थानीय सरकार : संबैधानिक व्यवस्था र लोकतान्त्रिक अबधारणा।
2. स्थानीय तह: कार्यसम्पादन तथा सुशासन ।
3. न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र ।
4. जातीय छुवाछूत उन्मुलनमा धार्मिक क्षेत्र को भूमिका ।
5. लोकतन्त्रको सम्बर्द्धन मा वित्त आयोग।
6. शान्ति ,न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता ।
7. संस्कृति ,स्वराज्य र समाजवाद ।
8. उपरोक्त कार्यक्रम र सम्पदा बिषयक अभियान ले महालक्ष्मी नगरपालिका खुल्ला बिश्वबिद्धालय का रुपमा विश्वको आकर्षणको क्षेत्र बन्नेछ ।
