

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णयपछि फुटेको छ।
अध्यक्ष माधवकुमार नेपालले बहुमतका आधारमा एकताको प्रस्ताव अघि बढाएपछि सम्मानित नेता झलनाथ खनाल, घनश्याम भूसाललगायत नेताहरूले असहमति जनाए। धुम्बाराहीमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा मतभेद चर्किँदै खनालले निर्णय नमान्ने घोषणा गरेपछि बैठक अवरुद्ध भयो।
चार वर्षअघि एमालेबाट अलग भएर बनेको पार्टीभित्र सैद्धान्तिक र संगठनात्मक मतभेद पुरानै हो। नेपाल पक्ष माओवादीसँग सहकार्यमा जोड दिँदै वाम एकताको जग भएको दाबी गर्छ भने खनाल पक्ष पार्टी पुनर्गठनतर्फ लागेको छ। यससँगै वाम राजनीति फेरि विभाजनको दिशातर्फ उन्मुख भएको छ।
