

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी आज बिहान ९ः १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा गएका हुन्।
राष्ट्रपति पौडेलले ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ शीर्षकको कार्यक्रममा सहभागी हुनेछन्। राष्ट्रपति नेतृत्वको टोलीले कात्तिक २० गतेसम्म कतारमा रहँदै विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने जनाइएको छ।
राष्ट्रपति कार्यालयका अनुसार, भ्रमणका क्रममा पौडेलले कतारका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यतालिका पनि तय भएको छ।
यसअघि, गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो।
