



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजो २०८२ मंसिर १५ गते मन्त्रालयमा सरोकारवालाहरू संग अन्तर्क्रिया गरेको छ। हाल मेडिकल परिक्षण शुल्क मुल्य वृद्धि गरि रू ९५०० तथा अभिमुखिकरण तालिम शुल्कमा रू २१०० पुगेकाे विषयमा सम्बध्द सरोकारवालाहरू नेपाल बैदेशिक रोजगार ब्यावसायी संघ,मेडिकल व्यावसायी संघ तथा राष्ट्रिय अभिमुखिकरण तालिम संघ,महासंघ लगाएतका व्यावसायीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो। सो कार्यक्रममा मन्त्रालयका सचिब डा.कृष्णहरि पुष्कर,नेपाल बैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष भुबन गुरुङ,महासचिव महेश बस्नेत,राष्ट्रिय अभिमुखिकरण तालिम संघका अध्यक्ष विष्णु कार्की,तथा महासंघका पुर्ण बहादुर मल्ल,कृष्ण बजगाई लगाएतले आफ्ना धारणा राख्नुभएको थियो। उक्त कार्यक्रममा बैदेशिक रोजगार बाेर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेती,बैदेशिक रोजगार विभागका महानिर्देशक कमल राज भट्टराईको समेत उपस्थिती रहेको थियो। सरोकारबालासँग समन्वय शाखाको अग्रसरतामा विज्ञ तथा पदाधकारी संलग्न गराई मूल्य समायोजनको टुंगोमा तुरुन्तै पुग्न पहल गर्न सचिब डा.कृष्णहरि पुष्करले निर्देेशन दिई कार्यक्रम समापन भएको थियो।
