


नेपालकाे लोकन्ती जस्तो मौलिक संस्कृतिलाई लिएर तयार गरिएको चलचित्र ‘लोकन्ती’ यही २६ मंसिरबाट चलचित्र घरमा रिलिज हुनेछ । यो चलचित्र कृषन फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा यसराज गराच, ऋचा थापा, कुमार न्यौपाने, बिमला लिम्बु, बिकाश अधिकारी, दमन रुपाखेती र गोविन्दको दमदार अभिनय देख्न पाइनेछ। सार्वजनिक सामग्रीअनुसार फिल्ममा प्रेम, आत्मद्वन्द्व, रहस्य र सामाजिक यथार्थको मिश्रण प्रस्तुत गरिएको छ।
यसैबिच चलचित्र ‘लोकन्ती’ को ट्रेलर बुधबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा कमेडी र पारिवारिक कथालाइ उठाउन खोजिएको छ। ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका सम्पूर्ण टिमको उपस्थिति रहेको थियो। ट्रेलरमा चलचित्रका सम्पूर्ण प्रमुख कलाकारलाई अटाइएको छ ।
‘लोकन्ती’ चलचित्रलाई निर्देशन रञ्जित रानाले गरेका हुन् । कथालाई पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्। चलचित्रमा अभिनेता यसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। उनी पाँच वर्षपछि चलचित्रमा मुख्य भूमिकामा फर्किएका हुन् । आफू आधा दशकपछि चलचित्र ‘लोकन्ती’ मार्फत दर्शक माझ आउन लागेको अभिनेता यसराजले ट्रेलर रिलिपाज समारोहमा बताए ।रिलिज DATE नजिकिँदै जाँदा प्रचार–प्रसारलाई थप सशक्त बनाइएको छ। पोस्टर, ट्रेलर र गीतमार्फत फिल्मले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेको छ।
