

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार आवेदन खुला गरेको छ।
पार्टीले मंगलबार जारी सूचनामा आवश्यक योग्यता पुगेका सदस्यले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्ने जनाएको छ। आवेदन दर्ताका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। मंसिर २२ देखि २५ गतेभित्र आवेदन दिनुपर्ने र समानुपातिक उम्मेदवार चयनसम्बन्धी रूपरेखा तथा विवरण पार्टीको वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ।
पार्टीले आन्तरिक प्रक्रियामार्फत योग्य र सक्षम व्यक्तिलाई समानुपातिक सूचीमा समेट्ने तयारी गरेको जनाएको छ।
