

काठमाडौं : जारी नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्ने छन् । अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा दुबै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छन् ।
लिग चरणको अंकतालिकामा काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका थिए। समूह चरणमा दुवैबीच भएको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।
आजको भिडन्तको विजेताले भोलि तय भएको दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि दोस्रो अवसरका लागि प्रतीक्षारत रहेको छ ।
