


काठमाडौं : सञ्चारगृहको प्रवेशद्वारमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनालाई लिएर सरकारको आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले पार्टी कुनै पनि अराजनीतिक गतिविधिमा संलग्न नहुने बताएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले देश र नागरिकभन्दा माथि कुनै पनि राजनीतिक दल हुन नसक्ने उल्लेख गर्दै रास्वपाले सुरुदेखि नै लोकतान्त्रिक र राजनीतिक अभ्यासमार्फत आफ्नो यात्रा अघि बढाएको दाबी गरिन्। त्यसैले पार्टीलाई अराजनीतिक गतिविधिमा संलग्न हुनुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ थियो।
सांसद बास्कोटाले स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले त्यसको संरक्षणमा रास्वपा सधैं प्रतिबद्ध रहेको बताइन्। पार्टीले यसलाई भाषणमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्दै आएको दाबी गर्दै उनले सञ्चारमाध्यम वा सर्वसाधारणलाई त्रसित पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिन्। पछिल्लो घटनाबारे भइरहेको बहसका बीच सबै पक्षले संयमता अपनाउनुपर्नेमा पनि उनले जोड दिइन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |