

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीपछि सिर्जित विपद्मा सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन्। सोमवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपत्यका प्रदेश कमिटीले बुझाएको १० लाख रुपैयाँको राहत चेक ग्रहण गर्दै अध्यक्ष ओलीले विपद्का बेला केन्द्रीय सरकारको उपस्थिति नै नदेखिएको टिप्पणी गरे।
सत्ता साझेदार रास्वपाका मन्त्री तथा सांसदहरूप्रति लक्षित गर्दै उनले केही प्रतिनिधिहरू नागरिकलाई हप्कीदप्की गर्ने, आधारहीन निर्देशन दिने र समस्या थप्ने काममा मात्र सीमित भएको बताए। निजी क्षेत्रका हेलिकप्टर र तालिमप्राप्त जनशक्तिलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएकोमा असन्तुष्टि जनाउँदै उनले सुरुङमुनि तथा जोखिमयुक्त क्षेत्रमा सरकारी टोली मात्र पर्याप्त नहुने उल्लेख गरे। पीडितहरूलाई आफ्ना आफन्तको खोजी गर्नसमेत सरकारले बाधा पुर्याएको भन्दै उनले आपत्ति जनाएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |