काठमाडौं : नेपाली कांग्रेसका पाँच जना पूर्व पदाधिकारीहरूले आज सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।
पूर्व पदाधिकारीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा। प्रकाशशरण महत देउवा निवास पुगेका हुन्। हिजो सिंह निवास चाक्सीबारीमा बसेको सात जना पूर्व पदाधिकारीको बैठकमा भएका छलफलका विषयहरू देउवालाई जानकारी गराउन उनीहरू बुढानीलकण्ठ पुगेका हुन्।
यस भेटको मुख्य उद्देश्य कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनु रहेको बताइएको छ। सात जनाको समूहमा रहेका पूर्व पदाधिकारीहरूमध्ये विमलेन्द्र निधि र डा. शशांक कोइराला भने यस भेटमा सहभागी नभएको बताइएको छ ।