


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म हालको सत्ता समीकरण यथावत रहने दोहोर्याएका छन्।
बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले नेपाली कांग्रेससँगको सहकार्यबारे पुनः स्पष्ट पार्दै अस्थिरता चाहनेलाई सन्देश दिएका हुन्। सत्ता साझेदार एमाले र नेपाली कांग्रेससँग मात्र पनि संसद्मा बहुमत छ, त्यसमा अन्य दलको समेत सहभागिता रहेको छ।
प्रतिपक्षी नेकपा माओवादी केन्द्रतर्फ इङ्गित गर्दै उनले “सरकार आजै ढल्छ, भोलि नै ढल्छ” भन्ने हल्ला राजनीतिक अस्थिरताको चाहना मात्रै भएको टिप्पणी गरे। प्रधानमन्त्रीले यस्तो हल्लाले देश, राजनीति र नीतिगत स्थिरतामा आघात पुग्ने चेतावनी समेत दिए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |