काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।
राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार राजधानीमा आयोजना गरेको ‘नारी नेतृत्व समृद्धि प्रशिक्षण’ कार्यक्रममा उहाँले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले प्रत्येक राजनीतिज्ञले कुनै न कुनै व्यवसाय गर्नुपर्ने धारणा राखेका हुन् ।
अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा कहिल्यै बेइमानी नगरेको र कसैसँग घुस नलिएको दाबी गर्दै नेपालको स्रोत–साधनको अधिकतम उपयोग गर्न सके युवालाई विदेशिनु नपर्ने बताए। पार्टीको उद्देश्य पूरा गर्न महिलाहरू एकजुट भएर लाग्नुपर्नेमा उनको जोड छ ।