डा.महेन्द्र जंग शाह
देश कस्तो हुनु पर्दछ भन्ने सन्दर्भमा प्राचीन संस्कृतका विशेषत नीतिशास्त्र, महाभारत, मनुस्मृति, र चाणक्य नीति जस्ता ग्रन्थहरूमा गरेका चर्चा आजको पश्चिमा शिक्षाका अगाडी लाज मानिरहेको छ । चाणक्य नीतिमा “प्रजा सुखे सुखं राज्ञः प्रजानां च हिते हितम्। नात्मप्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम्॥” भावार्थ राजाको सुख प्रजाको सुखमा निहित हुन्छ, र प्रजाको हितमै राजाको हित हुन्छ। राजालाई आफ्नै प्रिय कुराको होइन, प्रजाको प्रिय कुराको चिन्ता गर्नुपर्छ। शास्त्रमा भनिएका राजा आजका शासक हुन ।
देशको शासक कस्तो हुनु पर्दछ भन्ने श्लोक मनुस्मृतिमा शासकको धर्म बताईएको छ । ” राजा धर्मेण राजेथां न वा स्वेच्छाचरेद् रघुः। प्रजायाः परिपालकः स्यात् स्वयं तु न काम्यपः॥” अर्थात राजाले धर्मपूर्वक शासन गर्नुपर्छ, आफ्नो इच्छा अनुसार होइन। उहाँ प्रजाको पालक हुनु पर्छ, स्वार्थी होइन। महाभारतको शान्ति पर्वले ” एको धर्मो राज्ञः सत्यं, धर्मेण विजयी भवेत्। न हि धर्मात्परं किञ्चित् तस्माद् धर्मं न लङ्घयेत्॥” अर्थात शासकको प्रमुख धर्म सत्य हो। उसले धर्मद्वारा नै विजय प्राप्त गर्नु पर्छ। धर्मभन्दा माथि केही छैन, त्यसैले शासकले धर्मको उल्लंघन गर्नु हुँदैन। चाणक्य नीति आदर्श शासक “सुखं राष्ट्रस्य शासकः, न स्वार्थं पश्यति क्वचित्। आत्मनः प्रियमेवेतद् यत् राष्ट्रस्य सदा हितम्॥” भावार्थ सच्चा शासक राष्ट्रको सुखमै आफ्नो सुख देख्छ, उसले कहिल्यै स्वार्थ नपछ्याउँछ। उहाँका लागि राष्ट्रको हित नै आफ्नो प्रिय कर्तव्य हो।
देश कसरी चलाउनु पर्छ भन्ने सन्दर्भमा चाणक्य नीतिमा “सर्वदा राज्ञः कार्यं युक्तं सततं परिशीलयेत् । न चापि दण्डं त्याजेत्, धर्मे च सदा स्थितो भवेत्॥” अर्थात राजाले आफ्नो कार्यहरू सधैं सोच-विचार गरेर गर्नुपर्छ। कठोर दण्ड दिनुपर्ने बेला पनि त्याग्न हुँदैन, र सधैं धर्म (न्याय, नीति) मा अडिग रहनुपर्छ। मनुस्मृतिमा “राज्यं धर्मेण युक्तं, स्वकृत्या च परिवर्तते। धर्म एव सदा सर्वं, राज्ञः फलदायकं च॥” अर्थात राज्य (देश) धर्म (न्याय, सत्य) द्वारा मात्र टिक्न सक्छ। राजाले आफ्नो कर्तव्य (स्वकृत्य) धर्मसंगत रूपमा पूरा गर्नुपर्छ। धर्म नै राज्यको सबभन्दा ठूलो फलदायी आधार हो। महाभारतको शान्ति पर्वमा “राज्ञः कर्तव्यं सर्वेषु, प्रजासु हिताय च यत्। नैतत् परित्यज्येनैव, राज्यं भवति शाश्वतम्॥” अर्थात राजाको मुख्य कर्तव्य जनता (प्रजा) को हित हेर्नु हो। जनताको हितलाई कहिल्यै परित्याग नगरिए मात्र राज्य दीर्घकाल टिक्छ।
कानून कस्तो हुनु पर्दछ भन्ने सन्दर्भमा मनुस्मृतिले कानूनको मूल भाव बताईएको छ । “धर्मो विश्वस्य जगतः प्रतिष्ठा । लोके धर्मो न प्रमाणं परं च॥” अर्थात धर्म (अर्थात् न्याय वा कानून) नै सम्पूर्ण संसारको आधार हो। यस संसारमा धर्म (न्याय) भन्दा माथि अरू कुनै प्रमाण छैन। याज्ञवल्क्य स्मृति न्याय र कानूनका सन्दर्भमा “न विधिः शस्त्रदण्डेन, प्रजानां नयनो भवेत्। विधिदण्डे स्थितो धर्मो, न च क्रोधप्रयुक्तकः॥” अर्थात शासकले कानून (विधि) द्वारा, न कि क्रोध वा हिंसाद्वारा प्रजालाई मार्गदर्शन गर्नुपर्छ। सच्चा धर्म (न्याय) विधि र मर्यादामा आधारित हुन्छ। चाणक्य नीतिमा कानूनको उद्देश्य बारेमा “न्यायः प्रकृतिसंयुक्तो, न व्यसनेन लुप्यते। लोकहितं सदा पश्येत्, धर्मो न स्वार्थसाधकः॥” भावार्थ साँचो न्याय सधैँ सत्य र प्रकृतिसँग मेल खाने हुनुपर्छ, कुनै स्वार्थ वा लोभले कानून नबङ्ग्याउनु पर्छ। कानून सधैँ जनहितकारी हुनु पर्छ, न कि स्वार्थपूर्तिको साधन।
न्याय कस्तो हुनुपर्छ श्लोक मनुस्मृति न्यायको आधार “यत्र धर्मः तत्र जयः।” अर्थात जहाँ धर्म (सत्य, न्याय) छ, त्यहीँ विजय हुन्छ। यस श्लोकले न्याय र धर्मलाई विजयी शक्ति बनाउँछ अन्यायले दीर्घकालसम्म टिक्न सक्दैन। महाभारतको शान्ति पर्वमा न्यायको समता बताईएको छ । “समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः। ये भजन्ति तु मां भक्त्या, मयि ते तेषु चाप्यहम्॥” अर्थात यद्यपि यो भगवान्को मुखबाट वर्णित छ, तर न्यायको आदर्श रूप हो । “म सबै प्राणिहरूमा समान छु, न कसैप्रति द्वेष, न कसैप्रति मोह। जो भक्तिभावले मलाई स्मरण गर्छन्, म उनीहरूमा छु र उनीहरू ममा।” यसले न्याय सधैं निष्पक्ष, समान र पूर्वाग्रह रहित हुनु पर्छ भन्ने दर्शाउँछ । चाणक्य नीति न्यायको स्वरूपका बारेमा “यत्र विधिः तत्र धर्मः, यत्र धर्मः तत्र जयः। न्यायो हि स्थिरकर्मा स्यात्, स एव परमं तपः॥” भावार्थ: जहाँ विधि (कानून) हुन्छ, त्यहाँ धर्म हुन्छ, र जहाँ धर्म हुन्छ, त्यहाँ विजय हुन्छ। न्याय स्थिर, सन्तुलित र तपस्वी गुण भएको हुनुपर्छ।
न्यायधिस कस्तो हुनुपर्छ श्लोक मनुस्मृति (८.१२) न्यायाधीशको निपक्ष्यताका बारेमा “धर्मेणैव सदा राज्ञा विभज्यः धनमात्मनः। धर्मो हि राजा सन्दृष्टो, न कामेन न चौर्जितः॥” अर्थात राजा (वा न्यायाधीश) ले सधैं धर्मपूर्वक (न्यायपूर्वक) सम्पत्तिको विभाजन गर्नुपर्छ। कानूनको पालना नै उस्को धर्म हो न त कामना (इच्छा) ले, न त लोभले प्रेरित भएर निर्णय गर्न मिल्दैन। चाणक्य नीति न्यायाधीशको दृष्टिकोण “न्यायो नपश्यति वन्द्वं, नैव मित्रं न च रिपुम्। समदृष्टिर्हि धर्मस्य, त्राणं धर्मे प्रतिष्ठितम्॥” अर्थात: न्यायले न त शत्रु देख्छ, न मित्र उसले सबैमा समान दृष्टि राख्छ। समदृष्टि नै धर्म (न्याय) को आत्मा हो, र धर्ममा नै रक्षण (संरक्षण) हुन्छ। याज्ञवल्क्य स्मृति निर्णय गर्दा विचार गर्नुपर्ने कुरा “साक्ष्यं धर्मार्थयुक्तं च, स्मृतिसिद्धं च यः वदेत्। स न्यायवित् धर्मपतिः, स राजा धर्मपोषकः॥” अर्थात जो व्यक्ति प्रमाण, धर्म, तर्क, र स्मृतिमा आधारित भएर निर्णय गर्छ, त्यो व्यक्ति नै न्यायको ज्ञाता, धर्मको संरक्षक र साँचो शासक हो।
सांसद कस्तो हुनुपर्छ श्लोक छ हितोपदेशमा जनहितमा काम गर्नेको लक्षण बताईएको छ । “परोपकाराय फलन्ति वृक्षाः, परोपकाराय वहन्ति नद्यः। परोपकाराय दुहन्ति गावः, परोपकारार्थमिदं शरीरम्॥” अर्थात: रुखहरूले अरूका लागि फल दिन्छन्, नदिहरू अरूका लागि बग्छन्, गाईहरू अरूका लागि दूध दिन्छन् । त्यसै गरी मानव शरीर पनि परोपकार (जनहित) का लागि हो। सांसदले पनि यस्तै जनहितको भावना राख्नुपर्छ। महाभारत शान्ति पर्वमा सल्लाहकार (जनप्रतिनिधि) को लक्षण “यो हि धर्मार्थकुशलो युक्तः स्यान्नीतिशास्त्रतः। श्रुतवाननसूयश्च स वक्ता धर्मनिश्चये॥” अर्थात जो धर्म, अर्थ, र नीति शास्त्रमा दक्ष छ, जसले राम्रोसँग सुनेको छ (शिक्षित छ) र जो निन्दा नगर्ने स्वभावको छ त्यो व्यक्ति नै धर्ममा निर्णय गर्ने योग्य वक्ता हो। सांसदले यस्ता गुणहरू राख्नुपर्छ ज्ञान, संयम, नीतिमा दृढता।
जनता कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा जनता राष्ट्रको मेरुदण्ड हो, र यसको चरित्र, आचरण र चेतनाले नै राज्यको स्वरूप निर्धारण गर्छ। मनुस्मृतिमा प्रजाको कर्तव्यको बारेमा “प्रजा नाम रक्षणं धर्मः, स्वधर्मे स्थितिरेव च। नित्यं राज्ञः सहायास्ते, धर्मे यत्र प्रतिष्ठितः॥” अर्थात प्रजाले (जनताले) धर्मपूर्वक स्वधर्ममा स्थित हुनुपर्छ। प्रजा नै राजाको सच्चा सहायक हो, जहाँ धर्म र न्यायले स्थान पाउँछ। महाभारत शान्ति पर्वमा प्रजाको प्रभाव “यथा राजा तथा प्रजा, यथा प्रजा तथा राजा। प्रजायाः कुशलो राजा,राजा च कुशला प्रजा॥” अर्थात जस्तो राजा हुन्छ, त्यस्तै प्रजा बन्छे र जस्तो प्रजा हुन्छ, उस्तै राजा। यदि प्रजा शिक्षित, सजग र नैतिक छ भने राजा पनि त्यस्तै हुन्छ। यो परस्पर जिम्मेवारीको चित्रण हो सजग प्रजा बिना राम्रो शासन सम्भव छैन। हितोपदेशमा सजग नागरिकका लागि “न स्वार्थं पश्येन् जनः केवलं, राष्ट्रहितं पश्येत् सदा नित्यम्। धर्ममार्गेण चरित्वा सदा, स एव योग्यः जनो भूयात्॥” अर्थात जनताले केवल आफ्नो स्वार्थ नहेरी, राष्ट्रको हित सधैँ देख्न सक्नुपर्छ। धर्म (न्याय, नीति, सत्कर्म) को मार्गमा हिँड्ने जनता नै योग्य र बलियो प्रजा हो।
प्रहरी कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा प्रहरी शब्दावली प्रयोग नगरी रक्षक, दण्डधारी, नियन्त्रक, राजपुरुष, कोटपाल आदि शब्दहरूले प्रहरीको जस्तो कार्य गर्ने व्यक्तिको गुण, धर्म र कर्तव्यलाई वर्णन गरिएको छ। मनुस्मृति (७.२०) मा दण्ड (कानून कार्यान्वयन) गर्ने अधिकारी “दण्डः शास्त्रं हि राजस्य, प्रजानां तु परं हितम्। यस्य धर्मेण संरक्षो, न स याति पराभवम्॥” अर्थात राजाको (अथवा राज्यका प्रतिनिधि जस्तै प्रहरीको) शास्त्र (कानून) दण्ड हो, र प्रजाको हितका लागि त्यो दण्ड प्रयोग गरिन्छ। जो धर्मपूर्वक (न्याय अनुसार) रक्षा गर्छ, ऊ कहिल्यै हार्दैन। चाणक्य नीतिमा रक्षकको गुण “न भयं नैव मोहं, न लोभं न च मत्सरम्। धर्मे स्थितो दृढः स्याद्, रक्षकः प्रजया हितः॥” अर्थात जो व्यक्तिमा डर छैन, मोह छैन, लोभ छैन, न त डाह नै छ । र जो धर्म (न्याय) मा दृढ भएर ।
सेना कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा महाभारत, रामायण, अर्थशास्त्र (चाणक्य), र मनुस्मृति मा सेनाको चरित्र, गुण, धर्म, अनुशासन र राष्ट्रसेवाको भावनालाई प्रशंसनीय रूपमा वर्णन गरिएको छ। महाभारत भीष्म पर्वमा वीरताको गुण “धैर्यं साहसम् उत्साहो युध्ये चाप्यपलायनम्। दानं ईश्वरभावश्च षड् एते क्षत्रधर्मिणः॥” अर्थात धैर्य, साहस, उत्साह, युद्धबाट कहिल्यै नभाग्ने, दान गर्ने र नेतृत्व गर्ने भावना । यी नै एक सच्चा क्षत्रिय (सैनिक) का ६ प्रमुख धर्म हुन्। रामायण किष्किन्धा काण्ड सेनाको आत्मविश्वासका बारेमा “नैव जानामि भीतं त्वां, न च त्वं भीरुरेव हि। यस्त्वं सन्धाय धनुषि, युद्धायैव प्रवर्तसे॥” अर्थात म तिमीलाई कहिल्यै डराएको देख्दिनँ, न त तिमी डरपोक हौ। तिमीले धनुष तयार गरेर सधैँ युद्धका लागि अघि सर्न तयार छौ। यो वीर सैनिकको मनोबल र आत्मबल दर्शाउने श्लोक हो। अर्थशास्त्र (कौटिल्य/चाणक्य) सेनाको अनुशासन बारेमा बताईएको छ । “शिस्तिः सेनायाः बलं स्याद्, शिस्तिहीनं न सिध्यति। अनुशासितमेकं यः, दशान् जेतुं समर्थकः॥” अर्थात अनुशासन नै सेनाको बल हो। अनुशासन बिना सेना कहिल्यै सफल हुँदैन। एक अनुशासित सैनिक दस जना अनुशासनहीन सैनिकमाथि विजयी हुनसक्छ।
कर्मचारी कस्तो हुनुपर्दछ शास्त्रीय सन्दर्भमा कर्मचारी (राजकर्मचारी) को गुण मनुस्मृति (७.५४) बताईएको छ । “सत्यं चानृतहेतुं च राज्ञे ब्रूयात्समाहितः। हितं चाप्यनुरक्तं च धर्मार्थसहितं वचः॥” अर्थात राजकर्मचारी (सचिव वा सल्लाहकार) ले सधैं सत्य बोल्नुपर्छ। उसको वाणी हितकारी, निष्पक्ष र धर्म–अर्थअनुकूल हुनुपर्छ। अर्थशास्त्र (चाणक्य) प्रहरी वा कर्मचारी कस्तो हुनु पर्छ भन्ने सन्दर्भमा “न च प्रमादं कुर्यात् कार्ये, न च स्वार्थं पश्येत् सदा। राष्ट्रस्य हितमेव दृष्ट्वा, सेवकः स्यात् दृढव्रतः॥” अर्थात (मौलिक रूपान्तरण): कर्मचारी वा प्रहरीले कहिल्यै कर्तव्यमा प्रमाद (लापरवाही) गर्नु हुँदैन। सधैं राष्ट्र र जनताको हित हेर्नुपर्छ, आफ्नो स्वार्थ होइन। सच्चा सेवक दृढ संकल्पयुक्त र निष्ठावान् हुन्छ।
जनार्दन देश कस्तो छ । शासक कस्ता छन । देश कसरी चलेको छ । कानून कस्तो छ । न्याय कस्तो छ । न्यायधिस कस्ता छन । सांसद कस्ता छन । जनता कस्ता छन । प्रहरी, सेना र कर्मचारी कस्ता छन । माथीमा मापदण्ड पुरा गर्दछन त ? साच्चै कलीयुग लागेको होईन जनार्दन ।
त्यसैले रिग्वेदमा भनिएको रहेछ “एकता, सहयोग, सामूहिकता र समरसताकमलागी कलियुगमा संघ चाहिन्छ । ऋग्वेदको १०।१९१।२ मा “सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम्। देवा भागं यथा पूर्वे सञ्जानाना उपासते॥ अर्थात तिमीहरू सँगै गएका जाओ, सँगै बोल, तिमीहरूको मन एउटै बनोस्। जस्तै पूर्वकालमा देवताहरू सामूहिक यज्ञमा मिलेर बसेका थिए । ऋग्वेदको १०।१९१।३ मा समानी व आकूति: समाना हृदयानि व:। समानमस्तु वो मनो यथा व: सुसहासति॥ अर्थात तिमीहरूको इच्छा एउटै होस्, हृदय एउटै होस्। तिमीहरूको मन एउटै बनोस्, जसले गर्दा तिमीहरू सँगै रमाउन सक। ऋग्वेदको १०।१९१।४ मा समानी व इषा समानी वो मनोयमि। समानं हृदयं व: समानेन व: चित्तमेषाम्॥ तिमीहरूको भोजन एउटै होस्, प्रयास एउटै होस्, हृदय एउटै होस्। तिमीहरूको मन एउटै चित्तमा एकाकार होस् । यी श्लोकहरू कलियुगका लागि संघ, सामूहिक चेतना, र एकता को महत्व स्पष्ट रूपमा व्यक्त गर्छन । हिन्दू परम्परामा विश्वास गरिन्छ कि कलियुगमा धर्मको रक्षा गर्न संघ (एकजुटता) आवश्यक हुन्छ । त्यसैले यी श्लोकहरूलाई आधुनिक संघ/संगठन/राष्ट्र निर्माणको सन्दर्भमा उद्धृत गरिन्छ । बुझेऊकी मनरोगी (कलेबाटे ), टोरी (अज्ञानी र सुन्यवादी) र टपरी (नक्कली र झुट) जनार्दन ।
डा.शाह नेपाल एकता पार्टीका अध्यक्ष समेत हुनुहुन्छ