काठमाडौं : हरिसिद्धि पुगेका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको सम्भावनाबारे विस्तृत छलफल थालेका छन्।
प्रचण्ड सचिवालयले दुवै नेताबीच भइरहेको भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाको स्वरूप र पार्टी एकतामाथि केन्द्रित बहस भएको जनाएको छ। माओवादी केन्द्रको हालैको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेपछि देखिएको असन्तोषलाई सम्बोधन गर्ने उद्देश्यले प्रचण्ड विप्लव निवास पुगेका हुन्।
वार्ताबिना एकताबारे निर्णय गर्दा नेकपा नेताहरू असहमत देखिएका थिए। यही कारण औपचारिक संवादलाई अगाडि बढाउन प्रचण्ड स्वयं विप्लवको घर पुगेको माओवादी स्रोतले जनाएको छ।