काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज सार्वजनिक गरिएको नतिजाअनुसार १९ हजार ५२४ जनाले शेयर पाएका छन् ।
लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा २४ लाख ४० हजारभन्दा बढी आवेदकबाट २ करोड ७४ लाख कित्ता भन्दा बढीको माग परेको थियो। जसमध्ये करिब २४ लाख ३६ हजारको आवेदन स्वीकृत भएको थियो।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट गरिएको हो। जसअनुसार १९ हजार ५१९ जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गरे भने थप ५ जनाले ११ कित्ता पाएका छन्।