

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्।
उनले सचिवालय बैठकमा फरक मत पेश गर्दै संगठन विभागबाट नवीकरण भइसकेको सदस्यता खारेज हुनु संविधान, कानुन र पार्टी विधान विपरीत भएको तर्क गरे।
भण्डारीको योगदानलाई एमालेको सम्पत्ति बताउँदै पोखरेलले ‘यो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारिता बढाउँछ’ भनेका छन्। उनले तत्काल निर्णय सच्याउन आग्रह गर्दै पार्टीमा दीर्घकालीन नकारात्मक असर पर्ने चेतावनीसमेत दिएका छन्।
