


काठमाडौं : नेपाली कांग्रेसले आगामी आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे सुरु हुनेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय गतिविधि, सरकारसँगको समन्वय, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
हालको सत्ता समीकरण र संसद्मा कांग्रेसको भूमिकाबारे शीर्ष नेताबीच हुने बहसलाई महत्त्वपूर्ण मानिएको छ। बैठकले पार्टीलाई अझ सक्रिय बनाउन आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |