काठमाडौं : सरकारको निर्णयविरुद्ध सडकमा उत्रन तयारी गरिरहेका युवापुस्तासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलेरै उभिएका छन् । सामाजिक सञ्जाल बन्द गर्ने कदमलाई उनले गलत भन्दै सोमबार हुने भनिएको जेन जीको प्रदर्शनलाई समर्थन गरेका हुन् ।
आइतबार फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले भ्रष्टाचार र अभिव्यक्ति रोक्ने प्रवृत्तिविरुद्ध युवाहरूको आन्दोलन ‘स्वाभाविक’ भएको बताए । उनले प्रदर्शन रोक्न सरकारले बल प्रयोग गरे आन्दोलन थप चर्किने चेतावनीसमेत दिए ।
‘भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ,’ प्रचण्डले लेखेका छन्, ‘युवापुस्ताले उठाएको आवाजलाई दमन गर्ने काम सरकारले नगर्नुपर्छ।’