काठमाडौं : आन्दोलनरत जेन जी नेपालले पाँच प्रमुख माग सार्वजनिक गर्दै सरकार र राजनीतिक दललाई तत्काल कदम चाल्न दबाब दिएको छ। आन्दोलनकारीहरूले राजनीतिक अस्थिरता, पुरानो नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गरेका छन्।
जेन जी नेपालले अघि सारेका मागमा संसद विघटन, सांसदहरूको सामूहिक राजीनामा, गोली चलाउन आदेश दिने तथा हिंसक दमनमा संलग्न उच्च अधिकारीलाई तत्काल निलम्बन, आफूहरूले सिफारिस गर्ने व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन र अन्तरिम सरकारको व्यवस्थापनमा छिट्टै निर्वाचन सामेल छन्।
युवाहरूले पुरानो राजनीतिक सोचले देशलाई अघि बढाउन नसकेको दाबी गर्दै नयाँ पुस्ताले अब नेतृत्व लिनुपर्ने बताएका छन्।