काठमाडौं : नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी सुशीला कार्कीले शपथ लिएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन । आज प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गर्ने तयारी थियो । तर, अन्तिम समयमा स्थगित गरिएको छ । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै राखिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन गराउने जिम्मेवारी पनि काँधमा आइपरेको छ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पदमा सपथ खुवाएसँगै उनीमाथि निर्वाचनको जिम्मेवारी आइपरेको छ । प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र संसदीय निर्वाचन गराउनुपर्ने छ। सम्भवतः उनले फागुन महिनाभित्र निर्वाचन गराउनुपर्ने छ।
यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।