काठमाडौं : काठमाडौं महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपर स्टोरको परिसरमा जलेको अवस्थामा आधा दर्जन मानव कंकाल फेला परेका छन्।
शनिबार राति प्रहरीले गरेको अनुसन्धानमा पूर्ण रूपमा जलेका ६ वटा शव भेटिएका हुन्। फेला परेका शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति र मृतकको परिचयबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।