


काठमाडौँ : मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युबारे संसद्मा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकारले उनलाई बचाउन कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। घटनालाई राजनीतिक रंग नदिन आग्रह गर्दै उनले उपचारका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिएको बताए।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गुरुङले श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको, आवश्यक अनुमति लिइएको र चिकित्सकको सल्लाहअनुसार बिरामीको अवस्था स्थिर बनाउन प्रयास गरिएको उल्लेख गरे। रक्तचाप अत्यन्त कम भएकाले तत्काल स्थानान्तरण सम्भव नभएको चिकित्सकको सुझाव रहेको उनको भनाइ थियो।
गुरुङले सरकारले आफ्नो दायित्वबाट पछि नहट्ने बताउँदै संसद्लाई गलत जानकारी दिने आफ्नो स्वभाव नभएको दाबी गरे। उनले काठमाडौं महानगरपालिकाको ह्वील लक सम्बन्धी व्यवस्थाप्रति पनि प्रश्न उठाउँदै स्थानीय तहको निर्णयको जिम्मेवारी संघीय सरकारमाथि थोपर्न नमिल्ने बताए। तीन तहको शासन प्रणालीअनुसार सबै तहले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |