


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत अनुमोदन गरेको छ। सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रस्ताव बैठकले बुधबार पारित गरेको हो।
रास्वपाले गत महाधिवेशनमा विधान संशोधन गर्दै पहिलोपटक वरिष्ठ नेता पदको व्यवस्था गरेको थियो। यसअघि बालेन्द्र शाह विधानमा स्पष्ट व्यवस्था नभए पनि सहमतिका आधारमा वरिष्ठ नेताको भूमिकामा थिए। यसपटक भने उनी विधानअनुसार औपचारिक रूपमा वरिष्ठ नेतामा अनुमोदित भएका हुन्।
बैठकमा सभापतिले गर्ने अन्य मनोनयन भने तत्कालका लागि स्थगित गरिएको छ। केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बुधबारको बैठकमा अन्य मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत भएन।
रास्वपाको विधानअनुसार सभापतिले एक उपसभापति, एक महामन्त्रीसहित ११ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |