


काठमाडौँ : राष्ट्रियसभाको बैठक आज अपराह्न सवा १ बजे बस्दै छ, बैठकमा मनसुनजन्य विपद् व्यवस्थापन र विभिन्न विधेयकहरूबारे महत्त्वपूर्ण छलफल हुने कार्यसूची छ।
बैठकमा सांसद कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव पेस गर्नेछन्। साथै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ प्रस्तुत गर्ने छिन् भने गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सिता बादीले मौखिक प्रश्नहरूको उत्तर दिनेछन्।
यसैबीच, आजै व्यवस्थापिकाका पाँचवटा संसदीय समितिहरू पनि सक्रिय रहनेछन्। अर्थ समितिमा उपसमितिको प्रतिवेदन पेस हुनेछ भने राज्य व्यवस्था समितिमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। महिला तथा सामाजिक समितिमा मुस्लिम आयोगको प्रगति, शिक्षा समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता, र निर्देशक सिद्धान्त समितिमा मुलुकको वर्तमान राजनीतिक(सामाजिक अवस्थाबारे गृहकार्य हुनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |