


काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणलाई लिएर संसद्मा पुनः प्रश्न नउठाउन सांसदहरूलाई आग्रह गरेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्नको उत्तर दिँदै गृहमन्त्री गुरुङले उक्त संवेदनशील विषयमा सदनमा निरन्तर प्रश्न गरेर पीडित आमाको घाउ कोट्याउन नहुने तर्क गरे।
ूसत्तामा हुँदा नगर्ने, अहिले हामीलाई आएर त्यो भारी बोकाउने ? गृहमन्त्री गुरुङले प्रश्न गर्दै भने, ‘एउटा आमाको घाउलाई कोट्याएको कोट्याई गरेर सदनबाट पीडा दिइराख्ने हो’ ? उनले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र छिट्टै परिणाम आउने दाबी गर्दै थपे, ‘आमाको पीडामाथि मलम लगाउनुको साटो छोरीको सम्झना कोट्याइराख्न मेरो नैतिकताले दिँदैन’।
गृह प्रशासन शान्ति सुरक्षा कायम गर्न र हत्या बलात्कार जस्ता अपराधको चरणबद्ध अनुसन्धान गर्न निरन्तर लागिपरेको बताउँदै उनले यस विषयमा जिज्ञासा भए व्यक्तिगत रूपमा भेटेर बुझ्न सांसदहरूलाई आग्रह गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |