

काठमाडौँ : रसुवामा भोटेकोशी र त्रिशूली नदीले पुर्याएको क्षति तथा उद्धार तीव्र पारिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका शीर्ष नेतृत्वसँग भेटघाट गरेका छन्। सभापति लामिछानेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसँग बेग्लाबेग्लै भेट गरी बाढीपछिको अवस्था र राहत व्यवस्थापनबारे छलफल गरेका हुन्।
लामिछानेले शीतल निवास पुगेर बाढी प्रभावित क्षेत्रको पछिल्लो स्थिति, क्षति र उद्धारका प्रयासबारे राष्ट्रपति पौडेललाई विस्तृत ब्रिफिङ गरेका थिए। त्यसअघि प्रधानमन्त्री शाहसँग भएको भेटमा उनले विपद् व्यवस्थापनमा सरकारले गरिरहेका काम, उद्धारको प्रभावकारिता र आगामी रणनीतिबारे चासो व्यक्त गर्दै जानकारी लिएका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |