

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रसुवाका बाढी-पहिरो पीडितका लागि संकलन गरिएको १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष डिकबहादुर खत्री नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो। राहत तथा पुनःस्थापनाका लागि सञ्चालित अभियानमा हालसम्म ५२० भन्दा बढी व्यवसायी, संस्था, शाखा र विदेशी साझेदारले सहयोग गरेको संघले जनाएको छ।
अध्यक्ष खत्रीले संकलित रकमको पारदर्शिता र जवाफदेहितामा प्रतिबद्धता जनाउँदै संकटको घडीमा व्यवसायी समुदायले देखाएको एकता र सामाजिक उत्तरदायित्व सराहनीय रहेको बताए। रकम बुझ्दै अर्थमन्त्री वाग्लेले व्यवसायीहरूको यो सहयोगले प्रभावित क्षेत्रको राहत र पुनरुत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। सहयोग अभियान अझै जारी रहेको संघले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |