

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्रताका साथ जारी छ। भदौ १० गते बुधबार बिहानको बाढीमा परेर हालसम्म एक हजार ६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अङ्ग मात्र भेटिएका छन्। हालसम्म ५८ वटा शव पहिचान गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका चार हजार ७५८ जनामध्ये तीन हजार ४५३ जनालाई नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरमा राखिएको छ। बाढीमा अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका छन्।
बेपत्ता हुनेहरूमा दुई हजार ६८३ स्वदेशी, ५८१ विदेशी, दुई अन्य र फोनमार्फत टिपाइएका एक हजार ३४० जना छन्। प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा शव व्यवस्थापनको काम निरन्तर भइरहेको जनाइएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |