काठमाडौं : घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचनामा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आजै राजीनामा दिने सम्भावना बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बालुवाटार बोलाएपछि मन्त्री गुप्ता त्यहाँ पुगेका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, प्रधानमन्त्रीले बोलाएपछि मन्त्री गुप्ता केहीबेरअघि बालुवाटार पुगेका हुन्। अडियो सार्वजनिक भएयता मन्त्री गुप्तामाथि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको थियो।