


काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि नेपाली कांग्रेसले छानबिनको माग गरेको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अडिओ गम्भीर भएको भन्दै सम्बन्धित निकाय-प्रहरी वा अख्तियार-द्वारा निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन् । पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी अडिओमा गरिएको छ।
त्यस्तै, एमालेका अर्का नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तामाथि ३५ लाख घुस लिएको आरोप पनि अडिओमा छ। सचिव पोखरेलले पनि ५ लाख लिएको दाबी गरिएको छ। अडिओमा जग्गा प्रक्रियाका लागि डेढ करोड रुपैयाँ खर्च भइसकेको भनिएको छ । यसअघि गुप्ताको अडिओ प्रकरणपछि उनले मन्त्रीबाट राजीनामा दिएका थिए। कांग्रेसले दोषी जो भए पनि कानूनी कारबाहीमा ल्याउनुपर्ने माग गरेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |