काठमाडौं : आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको सम्पूर्ण कार्यक्रम निर्वाचन आयोगले स्वीकृत गरेको छ।
असोज ११ गते बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ। सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ। उजुरीका लागि असोज २२ गतेको समय तोकिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । असोज २३ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने असोज २४ गते नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गरिनेछ।
कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ को समानुपातिक सूचीमा नाम समावेश भएका व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था रहेको जानकारी गराएको छ।