काठमाडौं : अध्यक्ष केपी ओलीको उपस्थितिमा नेकपा एमाले जिल्ला कमिटी, भक्तपुरले बिहीबार ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ आयोजना गर्दैछ।
आज बिहान ११ः०० बजे तिथली चोक गुण्डु, भक्तपुरमा सुरु हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली प्रमुख अतिथि र मुख्य वक्ताका रूपमा उपस्थित हुने बताइएको छ ।
हिजो मात्रै महेश बस्नेतले पनि पत्रकार सम्मेलन गरी राजनीतिक स्थिति र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए। उनले ओली र आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका थिए ।