काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँ घटेर अहिले प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउमा गिरावट आएको हो ।