


काठमाडौ : नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ एकैदिन तोलामा १८ हजार ८ सय रुपैयाँले घट्दै ३ लाख रुपैयाँमा झरेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा लगानीकर्ताको मागमा आएको कमीका कारण स्वदेशी बजारमा पनि मूल्य घटेको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि सोमबार घटेको छ।आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ रहेको चाँदी सोमबार ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |