

डा.महेन्द्र जंग शाह
पृष्ठभूमि, घटना र परिणाम
सन १९९७ देखि २०१२ सम्म जन्मेका युवाको जनसंख्या जसलाई जेनजेट भनिन्छ । यो पुस्ताले सामाजिक सञ्जाल, डिजिटल माध्यम र नयाँ आन्दोलनका रूपहरु प्रयोग हुदै आएको छ । यो अध्यन र श्रमका खातिर देशको भविस्य हो । नेपालमा जेनजेट आन्दोलनका कारण भ्रष्टाचार, बेरोजगारी, अवसरको अभाव, सामाजिक–राजनीतिक असमर्थता र सामाजिक सञ्जाल तथा अभिव्यक्ति स्वतन्त्रताको निषेधता हो । जेनजेट आन्दोलनलाई परम्परागत ओलीको वली प्रथा र छवीलाल र भारुरामको तेलजेल धनयुद्ध भन्दा फरक थियो । मोबाइल/सोसल मिडिया मार्फत आवाज उठेको, केन्द्रित नेतृत्व नभएको तर सडकमा ठूलो संख्यामा युवा सक्रिय थिए । विदेशमा बसेर सर्वाहाराको गर्दन रेटेर सामन्त भाषित वाक्यबाट रकम उठाई नेपोबेबी बनाउने विधिलाई स्वणिम चेतनाले अस्वीकर गरेर आन्दोलित थियो ।
आन्दोलन यही भदौ २३।२४ मा तीव्र भएर आयो । काठमाडौं सहित विभिन्न स्थानमा युवा सहभागीमा ठूला प्रदर्शन भए आन्दोलन क्रममा घरजग्गा, दलालका निवास, दलाल कार्यालयमा आगजनी तथा लुटपाट भए । उदाहरणका लागि छवीलाल दाहाल आरजु राणा र राधिका शाक्य समेतका घर जलाईए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले आन्दोलनलाई पुर्ण साथ दियो ।
युवाको आवाज भ्रष्टाचार, अवसरको अभाव, पारदर्शिता, सामाजिक–आर्थिक असमानताका विरुद्ध थियो । डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जाल पहुँच लगायतका विषय पनि आन्दोलनका हिस्सा बनेको थियो । यो आन्दोलनले नेपालको राजनीतिक संस्कृति र युवा सहभागितामा नयाँ मोड ल्याएको छ । पुराना आन्दोलनहरुको रीतिको तुलनामा प्रकार, उपकरण तथा उत्तेजनाको हिसाबले फरक आवाज दिएको छ । जेनजेट आन्दोलनले संरचनात्मक परिवर्तन ल्याउन सकेको छैन ।
जेनजेटमा नेतृत्व र एकता अभाव थियो । त्यसैले शुसिलाले गरुडको भुमिका पाईन । हिंसा तथा विनाशपूर्ण व्यवहारमा पुर्व आतंककारी, युवा संघ र राठपाको समेत सामेल थियो । यीनबाट चोरी चकारी आगजनी, लुटपाट जस्ता गरेर जेनजेटको बदनाम गरेर छविमा असर गरेको छ । आन्दोलनका मागहरु सिधा संरचनात्मक परिवर्तनतर्फ नबढेर केवल प्रदर्शन र सन्देशकै तहमा सिमित भएको देखियो । आन्दोलनले ल्याएको राजनीतिक नेतृत्व, युवाकेंद्रित नीति, डिजिटल जवाफदेहितालाई टेवा नदिई पुराना दलालको राजनीति पुनरावृत्ति, आन्दोलनको व्यवस्थापनको विफलता हो । यो आन्दोलन अधुरो बन्छ । युवा पुस्ताको सक्रियता र डिजिटल प्लेटफर्मको प्रयोगले नेपालमा आन्दोलनको स्वरूप नै बदल्ने सम्भावना राख्दछ । जेनजेट आन्दोलन नेपालको सामाजिक-राजनीतिक परिवेशक एउटा महत्वपूर्ण घटनाक्रम हो । नयाँ पुस्ता, नयाँ स्वरूप, नयाँ चुनौती पनी हो ।
तर जेनजेट सरकार जसलाई पपेट सरकार र डीप स्टेटबाट संन्चालित सरकारको रुपमा जनताले बुझ्न थालेका छन । अर्कोतर्फ एनजियोबाट बनेको सरकार योग्यता भन्दा कलोवादी अपराधीलाई मन्त्रि बनाउने बाटोमा सरकार छ । निर्वाचन हुन्छ ? शुसासन हुन्छ ? मन्त्रि पद नबुझेकाले सरकार चलाउछन ? ईतिहासको कामुक र नालायक सरकारको रुपमा भाषित हुने बाटोमा सरकार छ । परिवर्तन आवश्यक छ । आन्दोलन अपरिहार्य छ ।
जेनजेट आन्दोलनमा राष्टिय सुरक्षा
जेनजेट युवा विरोधमा राष्ट्रिय सुरक्षा, कानून व्यवस्था, सशस्त्र वलको सम्बन्ध अति कमजोर र फितलो देखियो । आन्दोलनले अचानक लिएको रूप ठूलो जनआन्दोलन स्वरुप राज्यले र राज्यका संयन्त्रले अनुमान लगाउन सकेन । हजारौं युवा सडकमा निस्किएर अशान्ति फैलियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भयो । बन्दुक र गोली समेत प्रयोग भयो । सञ्चार प्रविधि, सामाजिक मिडिया, इन्टरनेट प्रतिबन्ध लगायत माध्यमले आन्दोलनलाई सजिलो बनायो । सरकारले नियन्त्रण गर्न खोज्दा सुरक्षा चुनौती थपियो । आन्दोलनले सार्वजनिक सम्पति, सरकारी भवन, यातायात र आर्थिक प्रणालीमा असर पुर्याएको छ । जसले देशको सुरक्षा र स्थिरतामा जोखिम उत्पन्न गरेको देखिन्छ । यसको जिम्मा सुरक्षाकर्मी नै हुन । वली वलीको होईन ।
जव सुरक्षाकर्मी असुरक्षाकर्मीको रुपमा प्रस्तुत भए । अनी आन्दोलनले राजधानी वा महत्वपूर्ण संरचनामा पहुँच पायो । असुरक्षा निकाय तत्काल निस्कृय भए तर वलिहरु कर्फ्यू लगाउने, असैनिक तैनाथ गर्ने, सञ्चार प्रतिबन्ध लगायत काम भयो । असुरक्षा र असैनिक अर्थ न बर्थ गोविन्द गाई भयो । देशको युवा शक्ति सक्रिय भयो । जसले परम्परागत असुरक्षात्मक संरचनालाई (पुलिस, सेना) चुनौती दियो । सैनिक प्रहरीको कमान्ड र अनुशासनमा नयाँ मोडेल प्रस्तुत गरिदियो । पुर्ण असफल गरिदियो । दीर्घकालीन यस्तो प्रकारको आन्दोलनले सुरक्षा नीति, आपत्कालीन व्यवस्थापन, साइबर/डिजिटल सुरक्षा, सूचना नियन्त्रण लगायत क्षेत्रमा नयाँ र गम्भिर प्रश्न उठाई असुरक्षा नीति, आपत्कालीन प्रवन्ध व्यवस्थापन, साइबर/डिजिटल असुरक्षा, सूचना अनियन्त्रण बनाईदियो ।
आन्दोलन नियन्त्रण बाहिर गएर राज्य संरचना कमजोर नबनाएको मात्र होईन राज्य छैन भन्ने प्रमाणित गर्यो । यसले आन्तरिक सुरक्षामा हालको सेना प्रहरी र प्रशासनयन्त्र अयोग्य र बहुलठ्ठी सावित गरिदियो । विदेशी घातक प्रभाव इन्फिल्ट्रेशन, गलत सूचना, अनियन्त्रित समूहको सम्भावना बढ्यो र भविस्यमा राष्ट्रिय सुरक्षामा थप चुनौती दिन सफल भयो । राष्ट्रिय सुरक्षा राष्ट्रिय असुरक्षामा रुपान्तरण भयो । आर्थिक असर र सामाजिक अस्थिरता बढ्दा सुरक्षा खर्च, आपत्कालीन व्यवस्थापन खर्च, पुनर्निर्माण खर्च बढायो । यो असुरक्षा दृष्टिले कमजोरी मात्र नभई नालायकी रहेछ भन्ने पुष्टी गरिदियो । तर विवेकशिलताको खातिर यो एउटा अवसर पनि हो जव युवा पुस्ताले सक्रिय भएर आवाज उठाएको छ, त्यसले सुरक्षात्मक संरचनामा पारदर्शिता, जवाफदेहिता, आधुनिक डिजिटल सुरक्षा नीति निर्माणको दबाब दिन सक्छ । नेपाली सेनाका कार्यरत अपराधसंग यो मान्न र सम्झन सक्ने हैसियत छैन किनकी उसग सक्कली जन्ममिति र सैनिक विवेक होईन ढाट, छलिछाम र पाप मात्र छ । भविष्यमा डिजिटल/साइबर सुरक्षा रणनीतिहरु सुधार गर्नुपर्ने स्पष्ट सन्देश आएको छ । युवा, सोशल मिडिया, सूचना प्रवाह आदि सुरक्षासँग जोडिएको विषय छन ।
जेनजेटबाट राज्य असफल
नेपालको जेनजेट आन्दोलन नालको गणतन्त्रका ३५ बर्षे पातकता र भ्रष्ट अनैतिक राज्य सयन्त्रका बिरुद्धमा थियो । अपराधतन्त्रको पातकताले राज्यसत्ताको क्षमता, वैधता र स्थिरतामाथि गम्भीर प्रश्न उठाएको थियो । जसका कराण जनता र जेनजेटसग अन्तरघुलित सहज हुन गयो । गणतन्त्रले बनाएको राज्य, सेना र प्रहरीले सुचना लिन सकेन । सक्दैनथ्यो । जसका परिणाम सवौच्व अदालत र सिहदरवार खरानी भयो । अनुसन्धान र मिडिया विश्लेषण अनुसार आन्दोलनमा राज्यको पूर्ण असफल र विमुख रहेको मान्यो ।
राज्यको नियन्त्रण गुमाउनुको कारण आन्दोलन सुरु भएपछि काठमाडौं, भरतपुर, पोखरा लगायतका ठूला शहरहरूमा राज्य प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सकेन तर असुरक्षा दियो । शान्ति सुरक्षा पहिलो प्रहरी अन्तिममा सेना थिए । पहिलो दुई दिनभित्रै प्रहरी नियन्त्रण विफल, कर्फ्यू लगाइयो र अन्तत सेनाको गति पनी त्यही रह्यो । राज्यको सूचना–सञ्चार संयन्त्र असफल भयो । सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरिएपछि उल्टै विद्रोह तीव्र भयो । यही असुरक्षाका जगमा विगमा गरेका निर्वाचन र निर्वाचित प्रतिनिधि को र कसरी भएका थिए होलान । विगत ३५ बर्षको सबै सरकार प्रभुराम शर्मा, रत्न प्रकास थापा र उनका सम्धी देव सुवेदीको नक्कली जन्ममिति सरह नै रहेछ भन्ने पुष्टी भयो । सेनाको दात नभएको र मलद्धारबाट रगत आउने रत्न प्रकास थापा जर्नेलले राष्टिय सुरक्षा गर्ला भन्ने अनुमान सत्य कायम भएन ।
शासनको वैधता र जनविश्वासमा संकट थियो । दलाल नेतृत्वले युवाहरूको माग सुन्न अस्वीकार गरेपछि राज्यप्रति जनविश्वासमा तीव्र गिरावट आयो । सरकार र संसद दुबैलाई आन्दोलनकारीहरूले अवशेष संरचनाको रूपमा चित्रित गरे जसले राजनीतिक वैधतामा नै प्रश्नमा गर्यौ । धेरै सरकारी कार्यालय, दलका मुख्यालय र नेताहरूकै घरसमेतमा आक्रमण हुनुले राज्यसंस्थाप्रति आक्रोशको चरम रूप देखायो । संवैधानिक अंगहरू संसद, न्यायपालिका, संवैधानिक आयोगहरू निष्क्रिय वा मौन रहे ।
सुरक्षा निकाय र राज्य संयन्त्रको विभाजन देखा पर्यो । प्रहरी र प्रशासनिक संयन्त्रबीच समन्वय नभएकोले कानून व्यवस्था धराशायी भयो । सेनाको अयोग्य ढिलो र अस्पष्ट भूमिकाले आन्तरिक विभाजनको सङ्केत दियो । केही रिपोर्टले भनिरहेका छन् कि सुरक्षा अधिकारीहरू आफैं असन्तुष्ट थिए । युवा मागहरूसँग आंशिक सहानुभूति जनाउने, आदेश पालनमा ढिलाइ हुने कारण बुझे भनिएतापनी यो नभई अयोग्यता थियो । यसरी राज्यको बल प्रयोग गर्ने संयन्त्र नै असफल देखियो ।
प्रशासनिक र आर्थिक प्रणालीको ठप्प अवस्थाका कारण आन्दोलनले बैंक, यातायात, विमानस्थल, सरकारी कार्यालय सब ठप्प बनायो । अर्थमन्त्रालयले राजस्व संकलनमा ७०% गिरावट भएको रिपोर्ट गरेको थियो । अन्तर्राष्ट्रिय लगानी र पर्यटन तत्काल निलम्बन थिए । आईएमएफ र विश्व बैंकले नेपाललाई अस्थाई कालो सुचिमा राखेका थिए ।
राज्यमा नीति र संवाद क्षमताको अभाव र दम्भ देखियो । युवाहरूका माग रोजगारी, पारदर्शिता, डिजिटल स्वतन्त्रता पूरा गर्न राज्यसँग नीति, दृष्टि वा तयारी थिएन । प्रधानमन्त्रीको राजीनामापछि पनि वैकल्पिक स्थिर नेतृत्व नआउँदा शासन पूर्णत दिशाहिन छ । संसद् पुनःस्थापना वा अन्तरिम सरकार गठनको छलफलमा दलहरू आपसी आरोप प्रत्यारोपमै अड्किए । परिणामले राज्य असफलताको सूचक थियो ।
नेपाली सेना शंका र असफलताको दायरामा
धेरै विश्लेषकहरुले नेपाल सेनाको भूमिका र क्रियाकलापलाई शंका र असफलताका रुपमा देखिरहेका छन । यसले सैनिक नेतृत्व, सेना संरचना, निर्णय प्रक्रियामा गम्भिर प्रश्न उठाएको छ । आन्दोलन तीब्र थियो प्रहरी तथा अन्य सुरक्षाकर्मीले नियन्त्रण गुमाएको समयमा सेना परिचालन भएन । राजधानी सहित संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्था स्थापना गर्न सकेन । सेना आफ्नो भूमिका स्पष्ट बनाउन र पार्न सकेन । आन्तरिक सुरक्षा स्थितिको वस्तुगत मूल्याङ्कन गर्न सकेन तर साविक बमोजिम ढाट छलीका वक्तव्यमा लाग्यो । यो साविककै सरह देश र जनता विरुद्दको आपराधिक हर्कत थियो । स्थिति सामान्य भएपछी कर्फ्युमा सैनिक परिचालन गरी नाटक गर्नेतिर लागेको अनुभुत गरायो । नक्कली जन्ममिति भष्ट सुरक्षा संयत्रले देश सुरक्षा गर्दैन भन्ने प्रमाणपत्र जेनजेट आन्दोलनले नेपाली जनतालाई दिएको छ ।
सेनाको छली प्रतिक्रिया ढिलो भयो । आन्दोलनले थालनी गर्दा पुलिसको नियन्त्रणबाट बाहिर गईसकेको थियो । केन्द्रिय संरचनाहरुमा अत्याधिक बहिर्गम भए । सुरक्षा निकाय उपकरणहरुसँग समन्वय गर्न सकेन । जसले बली र घनवादी हिंसा, आगजनी तथा लुटपाट नियन्त्रण गर्न सकेन । सरकारका सूचना संयन्त्र पुर्ण असफल भए । आन्दोलनका क्रममा सेनाप्रतिको जनविश्वास हरायो । जवानहरु सडकमा भए पनि उच्च नेतृत्वले सैन्य भूमिका र राजनीति तथा सुरक्षा बीचको सम्बन्ध स्पष्ट गर्न सकेन । सेना र सुरक्षा संरचनामा जवाफदेहिता, पारदर्शिता र भविष्यका सम्भावना देखिएन ।
संविधान अनुसार सेना जनशान्ति कायम गर्ने, बाह्य आक्रमणबाट रक्षा गर्ने निर्देशनमा छ तर यो कुनै काममा नलागी प्रहरी असफल बनाउन केन्दित रह्यो । समयमै निर्णय क्षमता कहि कतैबाट देखिएन । जब हिंसा फैलियो, निर्णय लिन र तैनाथ गर्न समय ललाग्यो तयारी भएन र देखिएन यसले स्थिति बिग्रिन गयो । नीति एवं पूर्व–तयारीको अभाव देखियो । युवा आन्दोलनको डिजिटल आक्रोश सुरक्षाकर्मी सामना गर्न तयार र योग्य थिएनन र भएनन । जनदबाव र सुरक्षा संरचनाबीच टकराव देखियो । युवा आन्दोलनले सेना हाम्रो होइन, हामी भ्रष्ट राजनीतिक संरचना विरुद्ध भन्ने रुप अपनाएको थियो । जसले सेना-जनताबीचको सम्बन्धमा चुनौती खडा गर्न सफल भयो । तर सेनाको अयोग्यताले बुझ्न र जान्न चाहेन ।
पत्रकार सम्मेलनमा प्रभुरामको झुट
मुलुकका कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका प्रति जनआक्रोश थियो । देशका प्रशासकिय र न्यायिक संरचना ध्वस्त गरियो । जस्ले देश सुरक्षा निकायको नियन्त्रणमा असुरक्षा रहेछ भन्ने देखियो । नेपाली सेनाको आजको अवस्था र अयोग्यता आजको होईन । यसको जग राख्नेको नालिबेलीको ईतिहास कुनैदिन आउला तर नेपाली सेना किन र कसरी यहा पुग्यो भन्ने प्रश्नमा मात्र हेर्दा यसको मुल कारण नेपाली सेनामा रहेको अपराधमाथी र अपराधलाई पुर्स्कृत गर्ने राजनीतिक नेतृत्व नै हो । अर्थात दण्डहिनता र अयोग्यता नै हो । यसको राम्रो उदारण प्रभुराम शर्मा हो । विमतिमा रहेका राजनीतिकज्ञ भनिएका दलाललाई कल्याणकारी कोषको पैशाले मुखबन्द गरिदिने प्रणालीका सुत्रधार नै प्रभुराम रहेको तथ्य २०७८ देखी २०८१ को महालेखाको प्रतिवेदनले र नेपाली सेनामा सम्धी प्रणाली देव सुवेदी ३ जन्ममिति र नागरिकताको धनी नक्कली प्रमाणपत्र मार्फत भष्टचारमा भएको संस्थागत विकास नै थियो । सिपाहीको गास राजन, रगत, पसिना, खाने भष्ट सैनिक नेतृतवले देश र जनताको सुरक्षा होईन आप्नो समेत गर्न सक्दैन भन्ने तथ्य नाईजेरिया लगायतका देशको अभ्यासबाट प्रमाणित भईसकेको छ । नेपाली जनताले बुझ्न बाकी थियो तर जेनजेट आन्दोलनले राम्ररी बुझाईदियो । आजको नेपाली सेना पृथ्वी नारायण शाहले निर्माण गरेको भेमसेन थापाले पुन गठन गरेको र जंग बहादुरले विकास गरेको सेनाले सिपाही रासन घिचेर सिपाही रगतबाट संन्चित कल्याणकारीको रकम प्रभुरामले गरेसरह अपचलन गर्दैन । यसर्थ यो पृथ्वी नारायण शाहले निर्माण गरेको सेना होईन भन्ने पुष्टी गर्दछ ।
योग्यतासंग प्रतिशोध र अपराधसंग आत्मियता राख्ने प्रभुराम शर्माको भर्ना हुदा वेसिकको अन्तिममा थियो । विभिन्न अपराधिक बहानामा सिनियर भन्दा अगाडी पदोन्नति हुन गरेका अपराधिक क्रिया यस लेखमा सम्भव छैन । उसका बुहनागरिकताका बहुजन्ममिति र नक्कली स्वाथ्थ विवरणमा सेनापति भई संसदमा एसपिपिको हस्ताक्षरमा ढाट्दा समेत संसदले कारवाही गर्न सकेन त्यस्तो संसदबाट जनताको कानून बन्छ भन्ने अनुमान समेत लगाएन जनताले र आगोको सहार संरचनामा पर्यो । कल्याणकारी कोषबाट दलाल नेतृत्वलाई बुझो लगाई बहुजन्ममिति, बहुनागरिकता, मनिलाउन्डरिङ, जातिवादी, यौन ब्याभिचार, भ्रष्टाचार जस्ता जधन्य सार्वजैनिक अभियोगबाट भोसो खेलेका प्रभुराम र उनको जगबाट चलेको असोक सिग्देलको नेतृत्व जनताबाट बदनाम र पतित भयो जसरी छीलाल दाहाल, केपी वली र शेर बहादुरहरु पतित भएका छन । प्रभुरामको अपराध नेपाल र विश्यका सबै निकायमा प्रेशित छ तर कल्याणकारीको बुझो पाएका कानून कार्यान्वयनबाट संरक्षित हुनु नै आजको सैनिक अवस्था र ब्यबस्था हो । आजको असुरक्षाको अयोग्यता र असक्षमता हो । प्रभुराम शर्मा आप्नो कार्याकालमा १ बाक्य समेत सत्य बोलेन तर कसैले भनेन र कारवाही गरेन । बुझोका कोष अंशियार पुर्ण बहादुर खड्काले अहिले बुझे बुझेनन उसको बिषय रह्यो । अव सुरक्षा दस्ता टोले गुण्डा जस्ता भए । बेलाबखत टोल वा क्षेत्र बिच झै झगडा र द्वन्द निम्ताउने साधनको रुपमा रहन्छन । आन्तरिक द्वन्द निम्ताउछन । यो परिबेशले समाज सैनिकिकरण हुन जान्छ । आज सैनिक वर्दी अयोग्यता र अपराधको परिचय बन्न पुगेको छ ।
छलीलाल दाहाल प्रधानमन्त्री, रक्षामन्त्री पूर्ण ब. खड्का र सेनापती प्रभुराम शर्मा पौडेल हुँदा सेनालाई योजनाबद्द गरिएको भद्रगोल गरिएको अवस्था आजको हो । यो अबधीमा भएका भस्ट्राचारहरु होल्डिङ सेन्टर, एम आई १७ हेलिकोप्टर, कल्याणकारी कोष, संरचनात्मक क्षतबिक्षेत, अन्याय र बिभेद, कानुनको उलम्घन, जातिय बिभाजन बाहुनलाई अबसर र अरुलाई सफाए गर्नु नै आजको सेनाको रुपसार हो । छबीलाल र पुर्ण बहादुर गए तर नेपाली सेनाप्रति सार्वजनिक कलंकको टिका लाग्यो । यस विचमा गरेको पत्रकार सम्मेलनलाई नक्कली झुट पत्रकार सम्मेलन भन्ने आरोप लागेको छ । सार्वजनिक रुपमा सेनाले जारी गरेका वक्तव्य, तथ्यांक वा प्रेस विज्ञप्तिहरू आपसमा बाझिएका । शंकाको घेरामा छ । तथ्यले सत्य बिम्बित गर्दैनन । उदाहरणका लागि प्रेस मीटमा भनिएका तथ्य तथ्यांक तथा क्रियावलीमा स्वतन्त्र पुष्टि छैन । सेनाको भूमिका र निर्णय प्रक्रियामा जनताका विश्वास छैन । जब सेनाले अफिसियल प्रेस विज्ञप्ति मार्फत भ्रामक समाचारमा नविश्वास गर्न अनुरोध गर्छ । त्यसले वलम्परि जनतामा हामीले सत्य कुरा सुन्न पाउँदैछौँ भन्ने ब्याङ्य समेत आएको थियो ।
प्रेस विज्ञप्तिमा पुनरावृत्ति भएको तर्क सेनाले आफैं सार्वजनिक गरिरहेको छ कि असत्य भ्रामक समाचारहरु फैलिएका छन र त्यसले जनताको मनमा पहिले नै प्रश्न उठाएको छ कि वास्तवमा कति कुरा यथार्थ हो । आन्दोलनका समयमा स्थिति तीव्र रुपमा बिग्रँदा सेना, प्रहरी, प्रशासन सबै मिलेर नियन्त्रण गर्नुपर्नेमा नियन्त्रण गुमेको थियो । उदाहरण स्वरूप, राजधानीमा सेनाको प्रवेश र कर्फ्यु लगाइएको थियो । जनताले सेनालाई समर्थन गर्ने तर सेना–राजनीति–सत्ता बीचको अन्तर स्पष्ट चाहन्छन । सेनाले राजनीतिक संक्रमण वा समाधान प्रक्रियामा कसरी संलग्न भयो भन्ने विषयमा अस्पष्टता छ । यस्तो अवस्थामा सेनाको प्रतिष्ठा र सार्वजनिक भरोसामा असर पुर्याउन सक्छ । विशेष गरी जब सोधिने प्रश्न हो “जब देश संकटमा पर्छ, हामीलाई कुन संस्था हामी भरोसा गरेर हेर्न सक्छौँ?
परिणाम नेपाली सेनामा विश्वासको गिरावट आयो । यदि सेनाले आफ्नो निष्पक्ष, पारदर्शी, जनतामुखी भूमिका कायम राख्दैन भने जनतामा आत्मसुरक्षा वा अविश्वासको प्रवृत्ति बढ्न सक्छ । यो अति नकरात्मक अवस्था हो । नेपाली सेनाको वैधानिकता र संवैधानिकता सवालमा सेनाको निर्णय प्रक्रिया वा भूमिका यदि संवैधानिक सीमाभित्र नहुने खालको बनेमा लोकतान्त्रिक शासन प्रणालीमा खटपट उत्पन्न हुन्छ । सामाजिक अस्थिरता बढ्छ । जब प्रमुख सुरक्षा निकायप्रति जनविश्वास कमजोर हुन्छ, आन्दोलन वा अशान्तिको जोखिम बढ्न सक्छ । आन्दोलनको सार्वजैनिक घोषणा यसको उदारण हो ।
अपेक्षा
जेनजेट अन्तरिम सरकारबाट नेपाली जनताको पहिलो अपेक्षा पुराना पार्टी भनिएकालाई दलाल समुहबाट पार्टी दायरामा ल्याउन सरकारले गर्ने भुमिका नै हो । जेनजेट सरकारले बुझ्नुपर्छ कि जेनजेट राजसंस्थावादी हुन र भविस्यको आन्दोलनका प्रतिक्षारत यात्री हुन । जेनजेट सरकारले बुझ्नुपर्छ कि जेनजेटको माग निर्वाचन होईन दिर्गकालिन नेपाल हो । यो जेनजेट पुस्ताको राजनीतिक चेतना र अपेक्षा प्रकट गर्ने शक्तिशाली अभिव्यक्ति हो । जेनजेटले निर्वाचन होइन दृष्टिकोणको खोजी गरेको छ । जेनजेट केवल मतदान गर्ने अधिकार वा चुनावी नाराहरू बाट सन्तुष्ट छैन । उनीहरू चाहना भनेको दीर्घकालीन विकासको दिशा, स्थिर शासन प्रणाली, भ्रष्टाचारमुक्त प्रशासन, र अवसर र न्यायमा समानता हो । अर्थात उनीहरूलाई पाँच वर्षमा एकपटकको चुनाव होइन, पाँच दशक टिक्ने देशको योजना चाहिएको छ । जेनजेटबाट भएको आन्दोलन राजनीतिक प्रदर्शन होइन परिणामको अपेक्षा हो । आजको युवा पुस्ताले नेताहरूको भाषणभन्दा कार्य र परिणाम हेर्छ । जेनजेटलाई राजनीतिक घोषणापत्र होइन, व्यवहारिक सुधार चाहिएको छ । शिक्षा, रोजगारी, जीवनस्तर र शासनमा पारदर्शिता खोजेको छ । जेजेटले खोजेको दीर्घकालीन नेपालको अर्थ यस्तो देशको कल्पना हो जसको शासन प्रणाली विश्वसनीय र उत्तरदायी हो, जसले भावनामा होइन, नीतिमा देश चलाउँछ, जहाँ राजनीति स्थायित्व, समृद्धि र विश्वासको आधार हो । जेननेट अस्थायी नारा होइन, भविष्यको रोडम्याप माग्दैछ । जेनजेट माग चुनाव जित्ने रणनीति होइन, राष्ट्र निर्माणको दिर्घकालीन योजना हो । नेपालीले जेनजेट अन्तरिम सरकारको वैधानिकता र भविस्यको मार्गचित्र मागेका छन सरकार चुकेको छ । जेनजेट सरकार अगाडी असफल आपराधिक राज्य र राज्य पुर्नसंरचना र नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीको पुनसरचनाको अपरिहार्यता मागेको छ । अपराधबाट देश र जनता होईन आफै सुरक्षित हुदैन । यो सरकार एनजीओ हो जेनजेटको परम्परागत र शुसासन अपेक्षाकृत सरकार होईन । सरकार नै हो नेपाली सेना जस्तो गौरवको ईतिहासको जगबाट सबै वाक्य झुट ब्यक्त गर्नेमाथी डण्डा बर्साउने । यही झुटको जगबाट नयाँ पुस्ता, नयाँ स्वरूप र नयाँ चुनौती सम्बोधन हुन्छ ?
