• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

८ घण्टा अघि
२

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
३

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
४

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
५

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
६

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

२ दिन अघि
७

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
८

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
९

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
१०

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
११

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
१२

विश्वविद्यालयमा दलीय संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन

१ हफ्ता अघि
होमपेज /  बिचार
  • ४९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एनजीओको जेनजेट सरकारमा सेनाको झुट: नयाँ पुस्ता, नयाँ स्वरूप र नयाँ चुनौती

  • २०८२ कार्तिक १०, सोमबार (६ महिना अघि)

  • डा.महेन्द्र जंग शाह

    पृष्ठभूमि, घटना र परिणाम
    सन १९९७ देखि २०१२ सम्म जन्मेका युवाको जनसंख्या जसलाई जेनजेट भनिन्छ । यो पुस्ताले सामाजिक सञ्जाल, डिजिटल माध्यम र नयाँ आन्दोलनका रूपहरु प्रयोग हुदै आएको छ । यो अध्यन र श्रमका खातिर देशको भविस्य हो । नेपालमा जेनजेट आन्दोलनका कारण भ्रष्टाचार, बेरोजगारी, अवसरको अभाव, सामाजिक–राजनीतिक असमर्थता र सामाजिक सञ्जाल तथा अभिव्यक्ति स्वतन्त्रताको निषेधता हो । जेनजेट आन्दोलनलाई परम्परागत ओलीको वली प्रथा र छवीलाल र भारुरामको तेलजेल धनयुद्ध भन्दा फरक थियो । मोबाइल/सोसल मिडिया मार्फत आवाज उठेको, केन्द्रित नेतृत्व नभएको तर सडकमा ठूलो संख्यामा युवा सक्रिय थिए । विदेशमा बसेर सर्वाहाराको गर्दन रेटेर सामन्त भाषित वाक्यबाट रकम उठाई नेपोबेबी बनाउने विधिलाई स्वणिम चेतनाले अस्वीकर गरेर आन्दोलित थियो ।

    आन्दोलन यही भदौ २३।२४ मा तीव्र भएर आयो । काठमाडौं सहित विभिन्न स्थानमा युवा सहभागीमा ठूला प्रदर्शन भए आन्दोलन क्रममा घरजग्गा, दलालका निवास, दलाल कार्यालयमा आगजनी तथा लुटपाट भए । उदाहरणका लागि छवीलाल दाहाल आरजु राणा र राधिका शाक्य समेतका घर जलाईए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले आन्दोलनलाई पुर्ण साथ दियो ।

    युवाको आवाज भ्रष्टाचार, अवसरको अभाव, पारदर्शिता, सामाजिक–आर्थिक असमानताका विरुद्ध थियो । डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जाल पहुँच लगायतका विषय पनि आन्दोलनका हिस्सा बनेको थियो । यो आन्दोलनले नेपालको राजनीतिक संस्कृति र युवा सहभागितामा नयाँ मोड ल्याएको छ । पुराना आन्दोलनहरुको रीतिको तुलनामा प्रकार, उपकरण तथा उत्तेजनाको हिसाबले फरक आवाज दिएको छ । जेनजेट आन्दोलनले संरचनात्मक परिवर्तन ल्याउन सकेको छैन ।

    जेनजेटमा नेतृत्व र एकता अभाव थियो । त्यसैले शुसिलाले गरुडको भुमिका पाईन । हिंसा तथा विनाशपूर्ण व्यवहारमा पुर्व आतंककारी, युवा संघ र राठपाको समेत सामेल थियो । यीनबाट चोरी चकारी आगजनी, लुटपाट जस्ता गरेर जेनजेटको बदनाम गरेर छविमा असर गरेको छ । आन्दोलनका मागहरु सिधा संरचनात्मक परिवर्तनतर्फ नबढेर केवल प्रदर्शन र सन्देशकै तहमा सिमित भएको देखियो । आन्दोलनले ल्याएको राजनीतिक नेतृत्व, युवाकेंद्रित नीति, डिजिटल जवाफदेहितालाई टेवा नदिई पुराना दलालको राजनीति पुनरावृत्ति, आन्दोलनको व्यवस्थापनको विफलता हो । यो आन्दोलन अधुरो बन्छ । युवा पुस्ताको सक्रियता र डिजिटल प्लेटफर्मको प्रयोगले नेपालमा आन्दोलनको स्वरूप नै बदल्ने सम्भावना राख्दछ । जेनजेट आन्दोलन नेपालको सामाजिक-राजनीतिक परिवेशक एउटा महत्वपूर्ण घटनाक्रम हो । नयाँ पुस्ता, नयाँ स्वरूप, नयाँ चुनौती पनी हो ।

    तर जेनजेट सरकार जसलाई पपेट सरकार र डीप स्टेटबाट संन्चालित सरकारको रुपमा जनताले बुझ्न थालेका छन । अर्कोतर्फ एनजियोबाट बनेको सरकार योग्यता भन्दा कलोवादी अपराधीलाई मन्त्रि बनाउने बाटोमा सरकार छ । निर्वाचन हुन्छ ? शुसासन हुन्छ ? मन्त्रि पद नबुझेकाले सरकार चलाउछन ? ईतिहासको कामुक र नालायक सरकारको रुपमा भाषित हुने बाटोमा सरकार छ । परिवर्तन आवश्यक छ । आन्दोलन अपरिहार्य छ ।

    जेनजेट आन्दोलनमा राष्टिय सुरक्षा

    जेनजेट युवा विरोधमा राष्ट्रिय सुरक्षा, कानून व्यवस्था, सशस्त्र वलको सम्बन्ध अति कमजोर र फितलो देखियो । आन्दोलनले अचानक लिएको रूप ठूलो जनआन्दोलन स्वरुप राज्यले र राज्यका संयन्त्रले अनुमान लगाउन सकेन । हजारौं युवा सडकमा निस्किएर अशान्ति फैलियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भयो । बन्दुक र गोली समेत प्रयोग भयो । सञ्चार प्रविधि, सामाजिक मिडिया, इन्टरनेट प्रतिबन्ध लगायत माध्यमले आन्दोलनलाई सजिलो बनायो । सरकारले नियन्त्रण गर्न खोज्दा सुरक्षा चुनौती थपियो । आन्दोलनले सार्वजनिक सम्पति, सरकारी भवन, यातायात र आर्थिक प्रणालीमा असर पुर्याएको छ । जसले देशको सुरक्षा र स्थिरतामा जोखिम उत्पन्न गरेको देखिन्छ । यसको जिम्मा सुरक्षाकर्मी नै हुन । वली वलीको होईन ।

    जव सुरक्षाकर्मी असुरक्षाकर्मीको रुपमा प्रस्तुत भए । अनी आन्दोलनले राजधानी वा महत्वपूर्ण संरचनामा पहुँच पायो । असुरक्षा निकाय तत्काल निस्कृय भए तर वलिहरु कर्फ्यू लगाउने, असैनिक तैनाथ गर्ने, सञ्चार प्रतिबन्ध लगायत काम भयो । असुरक्षा र असैनिक अर्थ न बर्थ गोविन्द गाई भयो । देशको युवा शक्ति सक्रिय भयो । जसले परम्परागत असुरक्षात्मक संरचनालाई (पुलिस, सेना) चुनौती दियो । सैनिक प्रहरीको कमान्ड र अनुशासनमा नयाँ मोडेल प्रस्तुत गरिदियो । पुर्ण असफल गरिदियो । दीर्घकालीन यस्तो प्रकारको आन्दोलनले सुरक्षा नीति, आपत्कालीन व्यवस्थापन, साइबर/डिजिटल सुरक्षा, सूचना नियन्त्रण लगायत क्षेत्रमा नयाँ र गम्भिर प्रश्न उठाई असुरक्षा नीति, आपत्कालीन प्रवन्ध व्यवस्थापन, साइबर/डिजिटल असुरक्षा, सूचना अनियन्त्रण बनाईदियो ।

    आन्दोलन नियन्त्रण बाहिर गएर राज्य संरचना कमजोर नबनाएको मात्र होईन राज्य छैन भन्ने प्रमाणित गर्यो । यसले आन्तरिक सुरक्षामा हालको सेना प्रहरी र प्रशासनयन्त्र अयोग्य र बहुलठ्ठी सावित गरिदियो । विदेशी घातक प्रभाव इन्फिल्ट्रेशन, गलत सूचना, अनियन्त्रित समूहको सम्भावना बढ्यो र भविस्यमा राष्ट्रिय सुरक्षामा थप चुनौती दिन सफल भयो । राष्ट्रिय सुरक्षा राष्ट्रिय असुरक्षामा रुपान्तरण भयो । आर्थिक असर र सामाजिक अस्थिरता बढ्दा सुरक्षा खर्च, आपत्कालीन व्यवस्थापन खर्च, पुनर्निर्माण खर्च बढायो । यो असुरक्षा दृष्टिले कमजोरी मात्र नभई नालायकी रहेछ भन्ने पुष्टी गरिदियो । तर विवेकशिलताको खातिर यो एउटा अवसर पनि हो जव युवा पुस्ताले सक्रिय भएर आवाज उठाएको छ, त्यसले सुरक्षात्मक संरचनामा पारदर्शिता, जवाफदेहिता, आधुनिक डिजिटल सुरक्षा नीति निर्माणको दबाब दिन सक्छ । नेपाली सेनाका कार्यरत अपराधसंग यो मान्न र सम्झन सक्ने हैसियत छैन किनकी उसग सक्कली जन्ममिति र सैनिक विवेक होईन ढाट, छलिछाम र पाप मात्र छ । भविष्यमा डिजिटल/साइबर सुरक्षा रणनीतिहरु सुधार गर्नुपर्ने स्पष्ट सन्देश आएको छ । युवा, सोशल मिडिया, सूचना प्रवाह आदि सुरक्षासँग जोडिएको विषय छन ।

    जेनजेटबाट राज्य असफल

    नेपालको जेनजेट आन्दोलन नालको गणतन्त्रका ३५ बर्षे पातकता र भ्रष्ट अनैतिक राज्य सयन्त्रका बिरुद्धमा थियो । अपराधतन्त्रको पातकताले राज्यसत्ताको क्षमता, वैधता र स्थिरतामाथि गम्भीर प्रश्न उठाएको थियो । जसका कराण जनता र जेनजेटसग अन्तरघुलित सहज हुन गयो । गणतन्त्रले बनाएको राज्य, सेना र प्रहरीले सुचना लिन सकेन । सक्दैनथ्यो । जसका परिणाम सवौच्व अदालत र सिहदरवार खरानी भयो । अनुसन्धान र मिडिया विश्लेषण अनुसार आन्दोलनमा राज्यको पूर्ण असफल र विमुख रहेको मान्यो ।

    राज्यको नियन्त्रण गुमाउनुको कारण आन्दोलन सुरु भएपछि काठमाडौं, भरतपुर, पोखरा लगायतका ठूला शहरहरूमा राज्य प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सकेन तर असुरक्षा दियो । शान्ति सुरक्षा पहिलो प्रहरी अन्तिममा सेना थिए । पहिलो दुई दिनभित्रै प्रहरी नियन्त्रण विफल, कर्फ्यू लगाइयो र अन्तत सेनाको गति पनी त्यही रह्यो । राज्यको सूचना–सञ्चार संयन्त्र असफल भयो । सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरिएपछि उल्टै विद्रोह तीव्र भयो । यही असुरक्षाका जगमा विगमा गरेका निर्वाचन र निर्वाचित प्रतिनिधि को र कसरी भएका थिए होलान । विगत ३५ बर्षको सबै सरकार प्रभुराम शर्मा, रत्न प्रकास थापा र उनका सम्धी देव सुवेदीको नक्कली जन्ममिति सरह नै रहेछ भन्ने पुष्टी भयो । सेनाको दात नभएको र मलद्धारबाट रगत आउने रत्न प्रकास थापा जर्नेलले राष्टिय सुरक्षा गर्ला भन्ने अनुमान सत्य कायम भएन ।
    शासनको वैधता र जनविश्वासमा संकट थियो । दलाल नेतृत्वले युवाहरूको माग सुन्न अस्वीकार गरेपछि राज्यप्रति जनविश्वासमा तीव्र गिरावट आयो । सरकार र संसद दुबैलाई आन्दोलनकारीहरूले अवशेष संरचनाको रूपमा चित्रित गरे जसले राजनीतिक वैधतामा नै प्रश्नमा गर्यौ । धेरै सरकारी कार्यालय, दलका मुख्यालय र नेताहरूकै घरसमेतमा आक्रमण हुनुले राज्यसंस्थाप्रति आक्रोशको चरम रूप देखायो । संवैधानिक अंगहरू संसद, न्यायपालिका, संवैधानिक आयोगहरू निष्क्रिय वा मौन रहे ।

    सुरक्षा निकाय र राज्य संयन्त्रको विभाजन देखा पर्यो । प्रहरी र प्रशासनिक संयन्त्रबीच समन्वय नभएकोले कानून व्यवस्था धराशायी भयो । सेनाको अयोग्य ढिलो र अस्पष्ट भूमिकाले आन्तरिक विभाजनको सङ्केत दियो । केही रिपोर्टले भनिरहेका छन् कि सुरक्षा अधिकारीहरू आफैं असन्तुष्ट थिए । युवा मागहरूसँग आंशिक सहानुभूति जनाउने, आदेश पालनमा ढिलाइ हुने कारण बुझे भनिएतापनी यो नभई अयोग्यता थियो । यसरी राज्यको बल प्रयोग गर्ने संयन्त्र नै असफल देखियो ।
    प्रशासनिक र आर्थिक प्रणालीको ठप्प अवस्थाका कारण आन्दोलनले बैंक, यातायात, विमानस्थल, सरकारी कार्यालय सब ठप्प बनायो । अर्थमन्त्रालयले राजस्व संकलनमा ७०% गिरावट भएको रिपोर्ट गरेको थियो । अन्तर्राष्ट्रिय लगानी र पर्यटन तत्काल निलम्बन थिए । आईएमएफ र विश्व बैंकले नेपाललाई अस्थाई कालो सुचिमा राखेका थिए ।
    राज्यमा नीति र संवाद क्षमताको अभाव र दम्भ देखियो । युवाहरूका माग रोजगारी, पारदर्शिता, डिजिटल स्वतन्त्रता पूरा गर्न राज्यसँग नीति, दृष्टि वा तयारी थिएन । प्रधानमन्त्रीको राजीनामापछि पनि वैकल्पिक स्थिर नेतृत्व नआउँदा शासन पूर्णत दिशाहिन छ । संसद् पुनःस्थापना वा अन्तरिम सरकार गठनको छलफलमा दलहरू आपसी आरोप प्रत्यारोपमै अड्किए । परिणामले राज्य असफलताको सूचक थियो ।

    नेपाली सेना शंका र असफलताको दायरामा

    धेरै विश्लेषकहरुले नेपाल सेनाको भूमिका र क्रियाकलापलाई शंका र असफलताका रुपमा देखिरहेका छन । यसले सैनिक नेतृत्व, सेना संरचना, निर्णय प्रक्रियामा गम्भिर प्रश्न उठाएको छ । आन्दोलन तीब्र थियो प्रहरी तथा अन्य सुरक्षाकर्मीले नियन्त्रण गुमाएको समयमा सेना परिचालन भएन । राजधानी सहित संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्था स्थापना गर्न सकेन । सेना आफ्नो भूमिका स्पष्ट बनाउन र पार्न सकेन । आन्तरिक सुरक्षा स्थितिको वस्तुगत मूल्याङ्कन गर्न सकेन तर साविक बमोजिम ढाट छलीका वक्तव्यमा लाग्यो । यो साविककै सरह देश र जनता विरुद्दको आपराधिक हर्कत थियो । स्थिति सामान्य भएपछी कर्फ्युमा सैनिक परिचालन गरी नाटक गर्नेतिर लागेको अनुभुत गरायो । नक्कली जन्ममिति भष्ट सुरक्षा संयत्रले देश सुरक्षा गर्दैन भन्ने प्रमाणपत्र जेनजेट आन्दोलनले नेपाली जनतालाई दिएको छ ।
    सेनाको छली प्रतिक्रिया ढिलो भयो । आन्दोलनले थालनी गर्दा पुलिसको नियन्त्रणबाट बाहिर गईसकेको थियो । केन्द्रिय संरचनाहरुमा अत्याधिक बहिर्गम भए । सुरक्षा निकाय उपकरणहरुसँग समन्वय गर्न सकेन । जसले बली र घनवादी हिंसा, आगजनी तथा लुटपाट नियन्त्रण गर्न सकेन । सरकारका सूचना संयन्त्र पुर्ण असफल भए । आन्दोलनका क्रममा सेनाप्रतिको जनविश्वास हरायो । जवानहरु सडकमा भए पनि उच्च नेतृत्वले सैन्य भूमिका र राजनीति तथा सुरक्षा बीचको सम्बन्ध स्पष्ट गर्न सकेन । सेना र सुरक्षा संरचनामा जवाफदेहिता, पारदर्शिता र भविष्यका सम्भावना देखिएन ।
    संविधान अनुसार सेना जनशान्ति कायम गर्ने, बाह्य आक्रमणबाट रक्षा गर्ने निर्देशनमा छ तर यो कुनै काममा नलागी प्रहरी असफल बनाउन केन्दित रह्यो । समयमै निर्णय क्षमता कहि कतैबाट देखिएन । जब हिंसा फैलियो, निर्णय लिन र तैनाथ गर्न समय ललाग्यो तयारी भएन र देखिएन यसले स्थिति बिग्रिन गयो । नीति एवं पूर्व–तयारीको अभाव देखियो । युवा आन्दोलनको डिजिटल आक्रोश सुरक्षाकर्मी सामना गर्न तयार र योग्य थिएनन र भएनन । जनदबाव र सुरक्षा संरचनाबीच टकराव देखियो । युवा आन्दोलनले सेना हाम्रो होइन, हामी भ्रष्ट राजनीतिक संरचना विरुद्ध भन्ने रुप अपनाएको थियो । जसले सेना-जनताबीचको सम्बन्धमा चुनौती खडा गर्न सफल भयो । तर सेनाको अयोग्यताले बुझ्न र जान्न चाहेन ।

    पत्रकार सम्मेलनमा प्रभुरामको झुट

    मुलुकका कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका प्रति जनआक्रोश थियो । देशका प्रशासकिय र न्यायिक संरचना ध्वस्त गरियो । जस्ले देश सुरक्षा निकायको नियन्त्रणमा असुरक्षा रहेछ भन्ने देखियो । नेपाली सेनाको आजको अवस्था र अयोग्यता आजको होईन । यसको जग राख्नेको नालिबेलीको ईतिहास कुनैदिन आउला तर नेपाली सेना किन र कसरी यहा पुग्यो भन्ने प्रश्नमा मात्र हेर्दा यसको मुल कारण नेपाली सेनामा रहेको अपराधमाथी र अपराधलाई पुर्स्कृत गर्ने राजनीतिक नेतृत्व नै हो । अर्थात दण्डहिनता र अयोग्यता नै हो । यसको राम्रो उदारण प्रभुराम शर्मा हो । विमतिमा रहेका राजनीतिकज्ञ भनिएका दलाललाई कल्याणकारी कोषको पैशाले मुखबन्द गरिदिने प्रणालीका सुत्रधार नै प्रभुराम रहेको तथ्य २०७८ देखी २०८१ को महालेखाको प्रतिवेदनले र नेपाली सेनामा सम्धी प्रणाली देव सुवेदी ३ जन्ममिति र नागरिकताको धनी नक्कली प्रमाणपत्र मार्फत भष्टचारमा भएको संस्थागत विकास नै थियो । सिपाहीको गास राजन, रगत, पसिना, खाने भष्ट सैनिक नेतृतवले देश र जनताको सुरक्षा होईन आप्नो समेत गर्न सक्दैन भन्ने तथ्य नाईजेरिया लगायतका देशको अभ्यासबाट प्रमाणित भईसकेको छ । नेपाली जनताले बुझ्न बाकी थियो तर जेनजेट आन्दोलनले राम्ररी बुझाईदियो । आजको नेपाली सेना पृथ्वी नारायण शाहले निर्माण गरेको भेमसेन थापाले पुन गठन गरेको र जंग बहादुरले विकास गरेको सेनाले सिपाही रासन घिचेर सिपाही रगतबाट संन्चित कल्याणकारीको रकम प्रभुरामले गरेसरह अपचलन गर्दैन । यसर्थ यो पृथ्वी नारायण शाहले निर्माण गरेको सेना होईन भन्ने पुष्टी गर्दछ ।
    योग्यतासंग प्रतिशोध र अपराधसंग आत्मियता राख्ने प्रभुराम शर्माको भर्ना हुदा वेसिकको अन्तिममा थियो । विभिन्न अपराधिक बहानामा सिनियर भन्दा अगाडी पदोन्नति हुन गरेका अपराधिक क्रिया यस लेखमा सम्भव छैन । उसका बुहनागरिकताका बहुजन्ममिति र नक्कली स्वाथ्थ विवरणमा सेनापति भई संसदमा एसपिपिको हस्ताक्षरमा ढाट्दा समेत संसदले कारवाही गर्न सकेन त्यस्तो संसदबाट जनताको कानून बन्छ भन्ने अनुमान समेत लगाएन जनताले र आगोको सहार संरचनामा पर्यो । कल्याणकारी कोषबाट दलाल नेतृत्वलाई बुझो लगाई बहुजन्ममिति, बहुनागरिकता, मनिलाउन्डरिङ, जातिवादी, यौन ब्याभिचार, भ्रष्टाचार जस्ता जधन्य सार्वजैनिक अभियोगबाट भोसो खेलेका प्रभुराम र उनको जगबाट चलेको असोक सिग्देलको नेतृत्व जनताबाट बदनाम र पतित भयो जसरी छीलाल दाहाल, केपी वली र शेर बहादुरहरु पतित भएका छन । प्रभुरामको अपराध नेपाल र विश्यका सबै निकायमा प्रेशित छ तर कल्याणकारीको बुझो पाएका कानून कार्यान्वयनबाट संरक्षित हुनु नै आजको सैनिक अवस्था र ब्यबस्था हो । आजको असुरक्षाको अयोग्यता र असक्षमता हो । प्रभुराम शर्मा आप्नो कार्याकालमा १ बाक्य समेत सत्य बोलेन तर कसैले भनेन र कारवाही गरेन । बुझोका कोष अंशियार पुर्ण बहादुर खड्काले अहिले बुझे बुझेनन उसको बिषय रह्यो । अव सुरक्षा दस्ता टोले गुण्डा जस्ता भए । बेलाबखत टोल वा क्षेत्र बिच झै झगडा र द्वन्द निम्ताउने साधनको रुपमा रहन्छन । आन्तरिक द्वन्द निम्ताउछन । यो परिबेशले समाज सैनिकिकरण हुन जान्छ । आज सैनिक वर्दी अयोग्यता र अपराधको परिचय बन्न पुगेको छ ।
    छलीलाल दाहाल प्रधानमन्त्री, रक्षामन्त्री पूर्ण ब. खड्का र सेनापती प्रभुराम शर्मा पौडेल हुँदा सेनालाई योजनाबद्द गरिएको भद्रगोल गरिएको अवस्था आजको हो । यो अबधीमा भएका भस्ट्राचारहरु होल्डिङ सेन्टर, एम आई १७ हेलिकोप्टर, कल्याणकारी कोष, संरचनात्मक क्षतबिक्षेत, अन्याय र बिभेद, कानुनको उलम्घन, जातिय बिभाजन बाहुनलाई अबसर र अरुलाई सफाए गर्नु नै आजको सेनाको रुपसार हो । छबीलाल र पुर्ण बहादुर गए तर नेपाली सेनाप्रति सार्वजनिक कलंकको टिका लाग्यो । यस विचमा गरेको पत्रकार सम्मेलनलाई नक्कली झुट पत्रकार सम्मेलन भन्ने आरोप लागेको छ । सार्वजनिक रुपमा सेनाले जारी गरेका वक्तव्य, तथ्यांक वा प्रेस विज्ञप्तिहरू आपसमा बाझिएका । शंकाको घेरामा छ । तथ्यले सत्य बिम्बित गर्दैनन । उदाहरणका लागि प्रेस मीटमा भनिएका तथ्य तथ्यांक तथा क्रियावलीमा स्वतन्त्र पुष्टि छैन । सेनाको भूमिका र निर्णय प्रक्रियामा जनताका विश्वास छैन । जब सेनाले अफिसियल प्रेस विज्ञप्ति मार्फत भ्रामक समाचारमा नविश्वास गर्न अनुरोध गर्छ । त्यसले वलम्परि जनतामा हामीले सत्य कुरा सुन्न पाउँदैछौँ भन्ने ब्याङ्य समेत आएको थियो ।
    प्रेस विज्ञप्तिमा पुनरावृत्ति भएको तर्क सेनाले आफैं सार्वजनिक गरिरहेको छ कि असत्य भ्रामक समाचारहरु फैलिएका छन र त्यसले जनताको मनमा पहिले नै प्रश्न उठाएको छ कि वास्तवमा कति कुरा यथार्थ हो । आन्दोलनका समयमा स्थिति तीव्र रुपमा बिग्रँदा सेना, प्रहरी, प्रशासन सबै मिलेर नियन्त्रण गर्नुपर्नेमा नियन्त्रण गुमेको थियो । उदाहरण स्वरूप, राजधानीमा सेनाको प्रवेश र कर्फ्यु लगाइएको थियो । जनताले सेनालाई समर्थन गर्ने तर सेना–राजनीति–सत्ता बीचको अन्तर स्पष्ट चाहन्छन । सेनाले राजनीतिक संक्रमण वा समाधान प्रक्रियामा कसरी संलग्न भयो भन्ने विषयमा अस्पष्टता छ । यस्तो अवस्थामा सेनाको प्रतिष्ठा र सार्वजनिक भरोसामा असर पुर्याउन सक्छ । विशेष गरी जब सोधिने प्रश्न हो “जब देश संकटमा पर्छ, हामीलाई कुन संस्था हामी भरोसा गरेर हेर्न सक्छौँ?
    परिणाम नेपाली सेनामा विश्वासको गिरावट आयो । यदि सेनाले आफ्नो निष्पक्ष, पारदर्शी, जनतामुखी भूमिका कायम राख्दैन भने जनतामा आत्मसुरक्षा वा अविश्वासको प्रवृत्ति बढ्न सक्छ । यो अति नकरात्मक अवस्था हो । नेपाली सेनाको वैधानिकता र संवैधानिकता सवालमा सेनाको निर्णय प्रक्रिया वा भूमिका यदि संवैधानिक सीमाभित्र नहुने खालको बनेमा लोकतान्त्रिक शासन प्रणालीमा खटपट उत्पन्न हुन्छ । सामाजिक अस्थिरता बढ्छ । जब प्रमुख सुरक्षा निकायप्रति जनविश्वास कमजोर हुन्छ, आन्दोलन वा अशान्तिको जोखिम बढ्न सक्छ । आन्दोलनको सार्वजैनिक घोषणा यसको उदारण हो ।

    अपेक्षा
    जेनजेट अन्तरिम सरकारबाट नेपाली जनताको पहिलो अपेक्षा पुराना पार्टी भनिएकालाई दलाल समुहबाट पार्टी दायरामा ल्याउन सरकारले गर्ने भुमिका नै हो । जेनजेट सरकारले बुझ्नुपर्छ कि जेनजेट राजसंस्थावादी हुन र भविस्यको आन्दोलनका प्रतिक्षारत यात्री हुन । जेनजेट सरकारले बुझ्नुपर्छ कि जेनजेटको माग निर्वाचन होईन दिर्गकालिन नेपाल हो । यो जेनजेट पुस्ताको राजनीतिक चेतना र अपेक्षा प्रकट गर्ने शक्तिशाली अभिव्यक्ति हो । जेनजेटले निर्वाचन होइन दृष्टिकोणको खोजी गरेको छ । जेनजेट केवल मतदान गर्ने अधिकार वा चुनावी नाराहरू बाट सन्तुष्ट छैन । उनीहरू चाहना भनेको दीर्घकालीन विकासको दिशा, स्थिर शासन प्रणाली, भ्रष्टाचारमुक्त प्रशासन, र अवसर र न्यायमा समानता हो । अर्थात उनीहरूलाई पाँच वर्षमा एकपटकको चुनाव होइन, पाँच दशक टिक्ने देशको योजना चाहिएको छ । जेनजेटबाट भएको आन्दोलन राजनीतिक प्रदर्शन होइन परिणामको अपेक्षा हो । आजको युवा पुस्ताले नेताहरूको भाषणभन्दा कार्य र परिणाम हेर्छ । जेनजेटलाई राजनीतिक घोषणापत्र होइन, व्यवहारिक सुधार चाहिएको छ । शिक्षा, रोजगारी, जीवनस्तर र शासनमा पारदर्शिता खोजेको छ । जेजेटले खोजेको दीर्घकालीन नेपालको अर्थ यस्तो देशको कल्पना हो जसको शासन प्रणाली विश्वसनीय र उत्तरदायी हो, जसले भावनामा होइन, नीतिमा देश चलाउँछ, जहाँ राजनीति स्थायित्व, समृद्धि र विश्वासको आधार हो । जेननेट अस्थायी नारा होइन, भविष्यको रोडम्याप माग्दैछ । जेनजेट माग चुनाव जित्ने रणनीति होइन, राष्ट्र निर्माणको दिर्घकालीन योजना हो । नेपालीले जेनजेट अन्तरिम सरकारको वैधानिकता र भविस्यको मार्गचित्र मागेका छन सरकार चुकेको छ । जेनजेट सरकार अगाडी असफल आपराधिक राज्य र राज्य पुर्नसंरचना र नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीको पुनस‌रचनाको अपरिहार्यता मागेको छ । अपराधबाट देश र जनता होईन आफै सुरक्षित हुदैन । यो सरकार एनजीओ हो जेनजेटको परम्परागत र शुसासन अपेक्षाकृत सरकार होईन । सरकार नै हो नेपाली सेना जस्तो गौरवको ईतिहासको जगबाट सबै वाक्य झुट ब्यक्त गर्नेमाथी डण्डा बर्साउने । यही झुटको जगबाट नयाँ पुस्ता, नयाँ स्वरूप र नयाँ चुनौती सम्बोधन हुन्छ ?

    • #एनजीओको जेनजेट सरकारमा सेनाको झुट: नयाँ पुस्ता
    • #नयाँ स्वरूप र नयाँ चुनौती
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ताजा समाचार
    १

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    २

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ३

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ४

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ५

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ६

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ७

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ८

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    ९

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    १०

    खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

    समाचार
    थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution