


ललितपुर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै अहिले दुवै पक्ष ‘ब्रेक’ बिना दौडिरहेको टिप्पणी गरेका छन्।
वीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित जलवायु जनचेतना दौडपछि उनले प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको गाडीमा ‘ब्रेक’ नरहेको भन्ने अभिव्यक्तिलाई संकेत गर्दै प्रतिपक्षको सक्रियतालाई पनि त्यस्तै अवस्थासँग तुलना गरे।
थापाले जलवायु परिवर्तनलाई मुलुकको विकासको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिँदै सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारीबिनाको विकास अर्थपूर्ण नहुने बताए। उनले वीपी कोइरालाले समावेशी सोच, वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमा न्यायपूर्ण पहुँचजस्ता दूरदर्शी अवधारणालाई व्यवहारमा उतारेको स्मरण गर्दै ती विचार आज पनि सान्दर्भिक रहेको उल्लेख गरे।
इतिहासबाट सिकेर भविष्यको मार्ग तय गर्नुपर्नेमा जोड दिँदै उनले जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |