• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ५, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

चार नारायण र चार युग: सभ्यता सम्वादको प्राचीन अभ्यास

१ मिनेट अघि
२

१३ स्थानीय तह अझै बजेटविहीन, मधेशका १० पालिकाले ल्याएनन् वार्षिक योजना

१0 मिनेट अघि
३

विश्वकप ग्लोबल छनोटको लक्ष्यसहित नेपाल आज नामिबियासँग भिड्दै

२५ मिनेट अघि
४

फागुनभित्र बजेट खर्च गर्न सरकारको कडाइ

४६ मिनेट अघि
५

कर्णालीको आध्यात्मिक बिम्ब: डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिर र यसको सांस्कृतिक गहिराइ

१६ घण्टा अघि
६

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

१६ घण्टा अघि
७

उकालो लाग्यो नेप्से, १९ कारोबारपछि नेप्से २७०० माथि

१६ घण्टा अघि
८

कक्रोच पार्टीको प्रदर्शन : मोदीले छाडे संसद भवन, बढाइयो सुरक्षा

१६ घण्टा अघि
९

बजेट कार्यान्वयन प्रभावकारी बनाउन सचिवहरूसँग अर्थमन्त्रीको छलफल

१७ घण्टा अघि
१०

नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला

१७ घण्टा अघि
११

सुकुम्बासी र भूमिहीनलाई जग्गा वितरणका लागि ३५ दिने सूचना

१८ घण्टा अघि
१२

शुक्लाफाँटामा हराएका सबै महिला सकुशल भेटिए

१८ घण्टा अघि
होमपेज /  बिचार
  • १  पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चार नारायण र चार युग: सभ्यता सम्वादको प्राचीन अभ्यास

  • २०८३ श्रावण ५, मंगलबार (१ मिनेट अघि)

  • केशवप्रसाद चौलागाईं

    “ॐ अथ पुरुषो ह वै नारायणोऽकामयत प्रजाः सृजेयेति।”

    भगवान् नारायणले प्रजा सृष्टि गर्ने सङ्कल्प गर्नुभयो भन्ने नारायण उपनिषद्को यो वचनले सृष्टि संरचना भगवान् नारायणबाट भएको हो भन्ने पुष्टि हुन्छ। सनातन हिन्दू मान्यता अनुरूप चार युगको पनि प्रसङ्ग आउने हुँदा चारै युगमा भगवान् नारायणको स्मरण र प्रार्थना गरिने अभ्यासलाई पाटन दरबार क्षेत्रमा अवस्थित चार नारायण मन्दिरले निरन्तरता दिइरहेको छ। सत्य, त्रेता, द्वापर र कलियुगको वर्तमान अवस्थामा भगवान् नारायणको उपस्थितिलाई जीवन्त बनाइराख्ने चार नारायण मन्दिर देश–विदेशका पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र रहेको छ। नेपाल संवत् ६८६ (वि.सं. १६४७) मा महापात्र पुरन्दर सिंहको पालामा निर्माण गरिएको अभिलेखबाट जानकारी हुनाका साथै मन्दिरका पुजारी तथा विद्वान् स्वर्गीय मदनमोहन मिश्रजीका लेखनहरूबाट पनि जानकारी पाइन्छ।

    दरबार क्षेत्रको सबैभन्दा पुरानो मन्दिरका रूपमा रहेको नारायणको चारमुखे लिङ्ग–योनि आकृतिमाथि शिवलिङ्गको आकारमा स्थापित हुनुका पछाडि पनि धार्मिक सहिष्णुता, एकताको सन्देश दिन खोजिएको छ। एघार रुद्रको उत्पत्ति नारायणबाट हुन्छ भन्ने नारायण उपनिषद् तथा “जो रुद्र हुनुहुन्छ, उहाँ नै भगवान् हुनुहुन्छ र उहाँ नै विष्णु हुनुहुन्छ, उहाँलाई बारम्बार नमस्कार गर्दछौं” भन्ने शिवअथर्वशीर्षको संयोजन भएको देखिन्छ। शास्त्र तथा दर्शनको उन्नत, उचित प्रयोग चार नारायण मूर्तिमा देख्न पाइने हुनाले सृष्टि र ज्ञानको उन्नत अवस्था रहेको बुझ्न सकिन्छ। ने.सं. ७७२ मा ललितपुरका विद्वान् ब्राह्मण कुनु शर्माले आफ्नो ऐतिहासिक कृति “कीर्तिपताका” मा पनि यस मन्दिरका विषयमा सुन्दर वर्णन गर्नुभएको पाइन्छ।

    “उत्तम देवल, सुन्दर कला, अनेक छाना, बनावटी पुतलीहरू, अनेक देवप्रतिमा, नाना झ्याल, तोरण, सुनौला अग्ला कलश, द्वारमा उत्तम सिंह, नाना कृत्रिम पुतली प्रतिनिधि उच्च कौतुक भएका देवलमा विष्णु विराजमान हुनुहुन्छ। सङ्कर्षण, विश्वकेतु, मदन आदि अवतार र अन्य देवताहरू पनि साथै छन्। हातमा सबैका शङ्ख, चक्र, गदा, पद्म, मुसल, शार्ङ्गबाण, खड्ग, ढाल इत्यादि आयुधले वैकुण्ठजस्तै छ।”

    सबै विद्वान्हरूको पनि रोजाइमा रहेको चार नारायण; दर्शन, साहित्य र कलाको हिसाबले नेपालको गौरवगान गर्ने मन्दिर भएकाले सौम्य शक्तिका रूपमा पनि प्रभावकारी रहेको छ। दरबार क्षेत्रमा सँगै रहेका राधाकृष्ण मन्दिर, हरिशङ्कर मन्दिर, नृसिंह मन्दिर, कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, भीमसेन मन्दिर, कोपेश्वर मन्दिर, छिन्नमस्ता देवी, मणिगणेश, केशवनारायण लगायतका देवी–देवताहरूको दर्शन तथा साधनाका लागि अरबौं जनसङ्ख्या भएको भारतका हिन्दूहरू लालायित हुने गर्दछन्। कार्तिक नाच, नृसिंह जात्रा, नारायण उपनिषद् लगायत शिव, गणेश, देवी तथा सूर्य उपनिषद्को पारायण तथा साधना पनि भविष्यमा हिन्दू धर्मावलम्बीहरूका लागि आकर्षणको केन्द्र बन्नेछ। नारायण तीर्थ बन्न गई धार्मिक पर्यटनको एक प्रमुख स्रोत बन्नेछ।

    “ॐ नमो नारायणाय”

    अष्टाक्षरी प्रसिद्ध मन्त्रको जप–साधना गर्दै चार नारायणको दर्शन, परिक्रमा तथा दैनिक आयोजना गरिइने प्रदर्शनी तथा छलफल सभ्यता–संवादको महत्त्वपूर्ण पक्ष बन्नेछ। सबैले आफ्नो ठान्ने स्वराज्यको अनुभूतिदेखि सहअस्तित्व र मेलमिलापको केन्द्र बन्नेछ। सृष्टि, ज्ञान र सम्पदाको विश्वकेन्द्र बन्नेछ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    १३ स्थानीय तह अझै बजेटविहीन, मधेशका १० पालिकाले ल्याएनन् वार्षिक योजना

    विश्वकप ग्लोबल छनोटको लक्ष्यसहित नेपाल आज नामिबियासँग भिड्दै

    फागुनभित्र बजेट खर्च गर्न सरकारको कडाइ

    कर्णालीको आध्यात्मिक बिम्ब: डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिर र यसको सांस्कृतिक गहिराइ

    पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    कक्रोच पार्टीको प्रदर्शन : मोदीले छाडे संसद भवन, बढाइयो सुरक्षा

    ताजा समाचार
    १

    चार नारायण र चार युग: सभ्यता सम्वादको प्राचीन अभ्यास

    २

    १३ स्थानीय तह अझै बजेटविहीन, मधेशका १० पालिकाले ल्याएनन् वार्षिक योजना

    ३

    विश्वकप ग्लोबल छनोटको लक्ष्यसहित नेपाल आज नामिबियासँग भिड्दै

    ४

    फागुनभित्र बजेट खर्च गर्न सरकारको कडाइ

    ५

    कर्णालीको आध्यात्मिक बिम्ब: डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिर र यसको सांस्कृतिक गहिराइ

    ६

    पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    ७

    उकालो लाग्यो नेप्से, १९ कारोबारपछि नेप्से २७०० माथि

    ८

    कक्रोच पार्टीको प्रदर्शन : मोदीले छाडे संसद भवन, बढाइयो सुरक्षा

    ९

    बजेट कार्यान्वयन प्रभावकारी बनाउन सचिवहरूसँग अर्थमन्त्रीको छलफल

    १०

    नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला

    समाचार
    थप

    १३ स्थानीय तह अझै बजेटविहीन, मधेशका १० पालिकाले ल्याएनन् वार्षिक योजना

    विश्वकप ग्लोबल छनोटको लक्ष्यसहित नेपाल आज नामिबियासँग भिड्दै

    फागुनभित्र बजेट खर्च गर्न सरकारको कडाइ

    पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution