


काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचेर पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । इतर पक्षद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेसभित्रको चरम विवादले समग्र राष्ट्रियतामै खतरा पैदा हुनसक्ने बताए।
मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेकाले धेरै टिप्पणी नगर्ने बताउँदै उनले अदालतबाट न्याय मिल्नेमा आफू पूर्ण विश्वस्त रहेको दाबी गरे। ‘अतीतमा जस्तोसुकै कठिन विवाद पनि सहमतिबाटै समाधान भएका थिए’, देउवाले भने, ‘अहिले पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भावनात्मक एकता र मेलमिलाप कायम गर्न आवश्यक छ ‘।
देउवाले आग्रह-पूर्वाग्रह त्यागेर सबैको भावनाको कदर हुनुपर्नेमा जोड दिँदै उनले मुलुकका लागि आवश्यक परे जुनसुकै भूमिका निर्वाह गर्न आफू तयार रहेको प्रस्ट पारे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |