

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकारलाई साथ दिनुको अर्थ उसका गलत कामलाई समर्थन गर्नु नरहेको स्पष्ट पारेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले राम्रो काममा समर्थन रहे पनि बाटो बिराउँदा खबरदारी गर्नु प्रतिपक्षको कर्तव्य भएको बताए।
मन्त्रीहरू फिल्डभन्दा बढी सामाजिक सञ्जालमा रमाएको टिप्पणी गर्दै उनले प्रचारभन्दा पनि नागरिकको प्राण बचाउनेतर्फ ध्यान दिन आग्रह गरे। सुरुङभित्र फसेका नागरिकको उद्धारमा भएको ढिलाइलाई अमानवीय भन्दै उनले मन्त्रीहरू काममा भन्दा सामाजिक सञ्जालमा फोटो(भिडियो पोस्ट गर्नमै व्यस्त भएको आरोप लगाए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |